पोखरा रोयल र चन्द्रागिरी साकोस बीच अन्तरक्रिया, असल अभ्यासका लागि १७ बुँदे सम्झौता
पोखरा : नेपाली सहकारी अभियानका दुई उत्कृष्ठ संस्था कास्कीको पोखरा रोयल साकोस र काठामाडौंको चन्द्रागिरी साकोसका प्रतिनिधीहरु बीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा आईपुगेका चन्द्रागिरी साकोसका समिति, उपसमिति र कर्मचारीहरुको प्रतिनिधीहरु र पोखरा रोयल साकोसका प्रतिनिधीहरु बीच दुई वटै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौति, भावी रणनीति साथै सहकारी अभियानमा पुर्याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले बताए ।

कोभिड महामारीको समयदेखि भगिनी सम्वन्धको रुपमा रहेको दुई संस्थाका अध्यक्षद्धय रुद्रकुमारी गुरुङ्ग र योगेन्द्र कुमार कुँवरले संस्थाको गतिविधीलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्देश्यका साथ १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुशरण, वस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागिपर्ने अध्यक्षद्धयले प्रतिवद्धता व्यक्त गरेका छन्।
अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले Exit Plan in Cooperative र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले Grooming the Cooperative Leadership विषयमा प्रस्तुतीकरण दिएका थिए । सिईओद्वय गुरुङ्ग र श्रेष्ठ नेफ्स्कूनद्वारा वार्षिक रुपमा प्रदान गर्ने साकोस अभियानको उत्कृष्ठ सिईओ पुरस्कार बिजेताहरु हुन् । गुरुङ्ग वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ठ सिईओको अवार्ड बाट पुरस्कृत भएका थिए ।
त्यसैगरि पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसले संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकबाट सहकारी क्षेत्रका उत्कृष्ठ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका संस्थाहरु हुन् । हाल दुबै संस्थाहरु नेफस्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध रहेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार