१० असार २०८३, बुधबार

राष्ट्रिय सहकारी बैंकको २१औं साधारण सभा मङ्सिर २९ गते, सातै प्रदेशमा एकै दिन

२०८१ कात्तिक २५, आईतवार
राष्ट्रिय सहकारी बैंकको २१औं साधारण सभा मङ्सिर २९ गते, सातै प्रदेशमा एकै दिन

काठमडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आगामी मङ्सिर २९ गते शनिवार हुने भएको छ ।

बैंकको शनिवार (कार्तिक २४ गते) सम्पन्न सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिका सदस्यहरूको संयुक्त बैठकले मङ्सिर २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकको २१औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर २९ गते ७ प्रदेशमा एकाइ सभा र पुस ३ गते एकाइ प्रतिनिधिहरूको सभा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए ।

एकाइगत रुपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ ।

सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकका निर्णयहरू प्रमाणित गर्ने सभा पुस ३ गते काठमाडौंमा गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

एकाइस्तरमा सञ्चालन साधारण सभाको कार्यसूचिमा रहेका प्रतिवेदनहरु एकाइ ३ मा भौतिक र अन्य एकाइमा भर्चुअल माध्यमबाट पेश हुने छन् । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन, आव २०८१/०८२ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुने छ ।

त्यसैगरी विनियम संशोधन, कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न ११ वटा कार्यसूचीका विषयमा छलफल एवम् निर्णय हुने छ । बैंकमा हालसम्म १६ हजार ३ सय ४६ सहकारी संघ संस्था सदस्य रहेका छन् ।

अभिलेख

लोकप्रिय