बागमती प्रोस्कूनमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा सापकोटा र लेखा संयोजकमा त्रिपाठी
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)को चौथो वार्षिक साधारण सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
आज सम्पन्न साधारण सभाले आगामी चार वर्षको लागि अध्यक्षमा उद्धव सापकोटा र लेखा समिति संयोजकमा देवप्रसाद त्रिपाठीसहित दुबै समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा गोविन्द्रप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन भएका हुन् ।
त्यस्तै सञ्चालकहरुमा लेमन श्रेष्ठ, कृष्ण गोविन्द लाखाजु, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोईराला, हेमबहादुर कार्की, भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्की चयन भएका छन् ।
त्यस्तै लेखा समिति सदस्यहरुमा कमला खनाल बोगटी र सरस्वती कतिला चयन भएकी छिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार