बागमती प्रोस्कूनको सिन्डिकेट तोडियो, सबै प्रतिनिधि उम्मेदवार बन्न योग्य हुने
काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कानूनी व्यवस्थाको प्रतिकूल नहुने गरी सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्न गराउन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)लाई निर्देशन दिएको छ ।
बागमती प्रोस्कूनले निर्वाचनमा उम्मेदवार हुन बनाएको निर्देशिकाका व्यवस्थाहरु कानून सम्मत नदेखिएको भन्दै यस्तो निर्देशन दिएको हो ।
बागमती प्रोस्कूनको निर्वाचन निर्देशिकामा उम्मेदवार प्रतिनिधित्व गरेको संस्था स्तरीकरण कार्यक्रममा आवद्ध भएको हुनुपर्ने, सदस्य भएको तीन वर्ष पूरा भएको हुनुपर्ने, एक कार्यकाल पूरा गरेको व्यक्ति मात्रै पदाधिकारीमा उम्मेदवार बन्न पाउने लगायतको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था संघीय सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, बागमती प्रदेशको प्रदेश सहकारी ऐन २०७६ तथा प्रदेश सहकारी नियमावली २०७६ ले स्पष्ट गरेको कानूनी व्यवस्थाको प्रतिकूल नहुने गरी निर्वाचन गर्न गराउन निर्देशन दिएको हो ।
श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर प्रतिनिधि बसन्त मालीले निर्वाचनमा उम्मेदवार हुनको लागि सहकारी ऐन र नियमावली प्रतिकूलको निर्देशिकाको प्रावधान बदर गरी पाऊँ भनि कात्तिक २१ गते निवेदन दिएका थिए। उक्त निवेदनको आधारमा मन्त्रालयले आजै बागमती प्रोस्कूनलाई उक्त निर्देशन दिएको हो ।
संघले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, छुट नाम दर्ता, नाम संशोधन वा हटाउने र मतदाताको अन्तिम नामावली प्रकाशन कार्तिक २१ रहेको छ ।
उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवार उपर दावी विरोध, दावी विरोध उपर छानविन र निर्णय, उम्मेदवारी फिर्ता कार्तिक २२ गते रहेको छ ।
त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान लगायतका सम्पूर्ण काम कार्तिक २३ गतेका लागि तोेकेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार