अन्तर्राष्ट्रिय अभ्यास भित्र्याउन अक्कू र सहकारी बैंकका सदस्यबीच छलफल

ललितपुर : एसियाली ऋण महासंघ (अक्कू) र राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुबीच भएको “The Introduction of ACCU Business Solution Fit and Proper, ACUES, and Supporter Member” विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बैंकको सदस्य सहकारी संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी कार्यक्रममा तीन छुट्टा-छुट्टै विषमा अक्कुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के, चिफ अफ टेक्निकल अफिसर रञ्जित हितराची र सदस्य सेवाका प्रबन्धक कामोन कित्तीसिरिकुम्पोनले प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भिस्यान रोक्कले सहभागी संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेतृत्व भूमिकामा रहेकाहरूको योग्यता र दक्षताहरू वृद्धि गर्नको लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताईन।
अक्कुले बैंकसँगको सहकार्यमा बैंकमामा आवद्ध सहकारीहरुको लागि व्यावसायिक विकास, सहकार्य, र सहकारीकर्मीहरूलाई उनीहरूको नेतृत्व र व्यवस्थापन कौशलता बढाउन स्रोत र अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको आफ्नो प्रस्तुतीकरणमा उल्लेख गरिन् ।
अक्कू अन्तर्गतको व्यवस्थापन प्रमुखहरूको संस्था (एसियुइएस) मा नेपालको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापन प्रमुखलाई सहकारी बैंक मार्फत आबद्ध गराउने र उनीहरूको व्यावसायिक क्षमता विकास गराउने विषयमा समेत सहजीकरण भएको थियो ।
कार्यक्रममा सहकारीहरू बिचको सहकार्य अन्तर्गत अक्कुको सपोर्टर सदस्यताको विषयमा पनि सहभागीहरू बिच छलफल तथा अन्तरक्रिया भएको थियो । सहभागी संस्था सञ्चालनमा आवश्यक पर्ने विभिन्न औजारहरू विकास गर्ने क्रममा ३५औं औजारको रूपमा फिट एन्ड प्रपर नामक औजार नेपालको सहकारीहरूमा सहकारी बैंक मार्फत प्रयोग गर्न अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भिस्यान रोक्कले आग्रह गरिन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को आयोजनामा १३० वर्षपछि पहिलो पटक दक्षिण एसियाली मुलुक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर २५ देखि नोभेम्बर ३० सम्म हुने “आइसिए–अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४” समेत फिट एन्ड प्रपरको विषयमा प्रस्तुतीकरण हुने अक्कुका, चिफ अफ टेक्निकल अफिसर रञ्जित हितराचीले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको तर्फबाट नायब महाप्रबन्धक राजेश श्रेष्ठले स्वागत गर्दै अक्कुसँगको सहकार्यमा नेपालको सहकारी संस्थाहरुमा अन्तर्राष्ट्रिय अभ्यास भित्राउन बैंकले मुख्य भूमिका खेलिरहेको बताए । कार्यक्रममा बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्य, सहित सदस्य सहकारी संस्थाका ५७ जना व्यवस्थापन प्रमुखहरूको सहभागिता थियो ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार