३० जेठ २०८२, शुक्रबार

नवजागरण साकोसको अध्यक्षमा सोमेश थापा

२०८१ कात्तिक १२, सोमबार
नवजागरण साकोसको अध्यक्षमा सोमेश थापा

रामेछाप : मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सोमेश थापा निर्वाचित भएका छन् ।

आज सम्पन्न संस्थाको २६ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सोमेश थापाको नेतृत्वमा सञ्चालक समिति र तारानिधि सुबेदीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष दामोदर थापा, सचिव नारायण बहादुर कार्की, कोषाध्यक्ष भिमसेन थापा, सहसचिवमा कबिता श्रेष्ठ निर्वाचित भएकी छिन् । त्यस्तै संचालक समिति सदस्यहरु लालबहादुर मान्नधर, रुद्रबहादुर महत, दामोदरप्रसाद घिमिरे, जयराम मान्नधर, सबिना नेपाली र मनिषा माझी चयन भएकी छिन् ।

त्यस्तै लेखा समिति सदस्यहरुमा दिपककुमार कार्की र हसना पहरी निर्वाचित भएकी छिन् ।

संस्थाले आब २०८०/८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ । यस वर्ष संस्थाले शेयर लांभास ६.६२ प्रतिशत दिन सफल भएको छ ।

संस्थाले १७ लाख रुपैयाँ संरक्षित पसँजी फिर्ता कोषमा छुटिएको छ । हाल संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ ।

अभिलेख

लोकप्रिय