५ चैत २०८१, मङ्गलबार

नवजागरण साकोसको २६ औं साधारण सभा आज सम्पन्न

२०८१ कात्तिक १२, सोमबार
नवजागरण साकोसको २६ औं साधारण सभा आज सम्पन्न

रामेछाप : मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

कात्तिक २ गतेदेखि सुरु भएको संस्थाको साधारण सभा आज (कात्तिक १२ गते) सम्पन्न भएको हो । संस्थाले ६ वटा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो ।
उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता र मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको विशेष आतिथ्यतामा मन्थली केन्द्रको साधारण सभा गरी समापन गरेको हो ।

संस्थाले आब २०८/०८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ । यस वर्ष संस्थाले शेयर लांभास ६.६२ प्रतिशत दिन सफल भएको छ ।

संस्थाले १७ लाख रुपैयाँ संरक्षित पसँजी फिर्ता कोषमा छुटिएको छ । हाल संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ ।

अभिलेख

लोकप्रिय