दर्शन सहकारी समस्याग्रस्त घोषणा, कार्यालय शीलबन्दी गर्न निर्देशन

काठमाडौं : बागमती प्रदेश सरकारले दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित दर्शन सहकारीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट आईतबार समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
यो सँगै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको सहकारीको संख्या २ पुगेको छ । यस अघि २०८० भदौ २१ गते सिभिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. काठमाडौंलाई समस्याग्रस्त गरेको थियो ।
दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेसँगै प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कार्यालय शीलबन्दी गर्न निर्देशन दिइसकेको छ।
९ हजार ८ सय ५७ शेयर सदस्य रहेको दर्शन सहकारीले ५२ करोड ८२ लाख रुपैयाँ बचत रकम भुक्तानी फिर्ता दिन बाँकी छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार