ग्लोबल सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : ग्लोबल बचत तथा ऋण सहकारी संस्थाले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो ।
सभामा अध्यक्ष श्रेष्ठ, सचिव बिष्णु कुमार श्रेष्ठ, कोषाध्यक्ष धन बहादुर श्रेष्ठ र लेखा सुपरीबेक्षण समितिको संयोजक ताराराम श्रेष्ठले पेश गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट संस्थाले सदस्यहरुलाई ५ प्रतिशत नगद बोनस दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

सभामा संचालक समिति सदस्य हरि बहादुर श्रेष्ठ, केशर बहादुर श्रेष्ठ, फास्टफुड एशोशियशन नेपालका अध्य्क्ष राजकुमार श्रेष्ठ, नेवा सम्पर्क समुहका अध्य्क्ष लगायतले संस्थाले गरेका रचनात्मक कार्य र गतिविधिको प्रशंशा गर्दै थप उन्नतीको कामना गरेका थिए ।
साथै संस्थाका सल्लहाकार तथा समाजसेबी झनक श्रेष्ठले समग्र सहकारी संस्थाको पछिल्लो अवस्थाको बारे चासो र चिन्ता व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सहकारी हकहित रास्ट्रिय समाजका अध्यक्ष गोबिन्द गिरि, राष्ट्रीय सहकारी बैंक लगनखेल शाखाका प्रमुख केदार नाथ उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका व्यवस्थापक रामशरण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । साधारण सभामा सहभागि अतिथी एवं सदस्यहरुलाई लेखा प्रमुख भम बहादुर श्रेस्ठले स्वागत गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार