१० असार २०८३, बुधबार

१६ वर्षमा रामकोट सहकारी, ५० जना जेष्ठ सदस्यलाई सम्मान

२०८१ कात्तिक १०, शनिवार
१६ वर्षमा रामकोट सहकारी, ५० जना जेष्ठ सदस्यलाई सम्मान

धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६ औं वर्षमा प्रवेश गरेको छ । २०६६ कात्तिक १० गते स्थापना भएको रामकोट साकोसले आज एक कार्यक्रमको बीच स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले ५० जना जेष्ठ सदस्यलाई सहारा स्वरुप लौरो र प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाले ७० वर्ष पुरा भएको, नियमित दैनिक वा मासिक बचत गरेको, सदस्य भएको तीन वर्ष पुरा गरेको ५० जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो ।

स्थापनाको १५ वर्ष पुरा गर्दै गर्दा संस्थाले वित्तीय सेवाका साथै सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाबाट सम्मानित हुन पाउँदा सदस्यहरुले खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले संस्था १६ वर्ष लाग्दै गर्दा संस्थाले थुप्रै उत्तरचढाबहरु झेल्दै यो अवस्थामा आईपुगेको बताए । नगरपालिकाको प्रवक्त समेत रहेका श्रेष्ठले संस्थामा ढुक्क भएर बचत गर्न र अन्य छरछिमेकीलाई पनि बचत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेका थिए । संस्थाले सधै ईमानदार र कर्तव्य निष्ठ भएर थुपै्र सामाजिक कामहरु गदै आईरहेको समेत बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठ, सञ्चालक समिति, कर्मचारी लगायत सदस्यहरुको उपस्थिती थियो ।

नीति, विधि र प्रविधिमा आधारित रामकोट साकोस समुदायको पहिलो रोजाईको संस्था हो । सदस्यहरुलाई बचत तथा ऋणको सेवा सँगै सामाजिक र साँस्कृतिक क्रियाकलापहरुमा समेत क्रियाशिल छ ।

अभिलेख

लोकप्रिय