बागमती प्रोस्कून निर्वाचन: कार्तिक १४ सम्म प्रतिनिधि पठाउनु पर्ने, उम्मेदवारी दर्ता २२ गते
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) को चौथो वार्षिक साधारण सभा कार्तिक २३ गते हुँदैछ । उक्त साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
चुनावी साधारण सभा भएसँगै यतिबेला बागमती प्रोस्कूनमा चुनावी रौकन सुरु भैसकेको छ । यतिबेला संघ सदस्यता नविकरण र साधारण सभाको तयारीमा व्यस्त छ ।
साधारण सभामा सहभागिता जनाउन सदस्यता नविकरण अनिवार्य छ । सदस्यता नविकरणको समय सीमा कार्तिक १० गते अन्तिम रहेको छ । यसका साथै ढिलोमा कार्तिक १४ गतेसम्म प्रतिनिधि चयन गरी पठाई सक्नुपर्ने बागमती प्रोस्कूनले जनाएको छ ।
साथै प्रोस्कूनले निर्वाचनका लागि निर्वाचन समिति गठन गरी कार्यतालिका समेत प्रकाशन भैसकेको छ । उक्त कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, छुट नाम दर्ता, नाम संशोधन वा हटाउने र मतदाताको अन्तिम नामावली प्रकाशन कार्तिक २१ रहेको छ ।
त्यस्तै उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवार उपर दावी विरोध, दावी विरोध उपर छानविन र निर्णय, उम्मेदवारी फिर्ता कार्तिक २२ गते रहेको छ ।
त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान लगायतका सम्पूर्ण काम कार्तिक २३ गतेका लागि तोकिएको छ ।
संघको चौथो वार्षिक साधारण सभा काठमाडौंको भिमसेनगोला स्थित आनन्द इभेन्ट्स म्यानेजमेन्ट एण्ड मिटिङमा बिहान ८ बजेदेखि सुरु हुनेछ।
निर्धारित समयमा नविकरण नगर्ने र प्रतिनिधि चयन गरी नपठाउने संस्थाले साधारण सभा र निर्वाचनमा भाग लिन नपाउने संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार