२० भदौ २०८३, शनिवार

विषहारामाई साकोसका जेष्ठ सदस्यहरुलाई दशैं खर्च प्रदान

२०८१ असोज २०, आईतवार
विषहारामाई साकोसका जेष्ठ सदस्यहरुलाई दशैं खर्च प्रदान

महोत्तरी : औरही नगरपालिका वडा नं ७ मा रहेको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ सदस्यहरुलाई दशै खर्च वितरण गरेको छ ।

संस्थाले सामुदायिक विकास कोषवाट ७२ जना जेष्ठ सदस्यहरुलाई जनही ५०० रुपैयाँ दशैं खर्च वितरण गरेको हो । श्री राम विलास चन्देश्वर यादव जनता माध्यामिक विद्यालयमा भएको सो कार्यत्रक्रममा औरही नगरपालिका वडा नं ७ का अध्यक्ष जितेन्द्र यादव र वडा नं ८ का अध्यक्ष राम आश्रय यादव दोयबाट सो दशैं खर्च वितरण गरिएको थियो ।

कार्यक्रमा संस्थाका अध्यक्ष गणिता यादव, सचिव राम नारायण शाह ब्यावस्थापक सञ्जय कुमार यादव लगाएत कर्मचारीहरुको सहभागिता थियो । सो कार्यक्रमा औरही नगरपालिका वडा नं ७ का अध्यक्ष जितेन्द्र यादवले संस्थाले आफ्ना सदस्यहरुको लागि निरन्तर सेवाको भावबाट काम गर्नु पर्ने बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमा बोल्दै संस्थाका सचिव राम नारायण शाहले सरकारबाट दिने सामाजिक सुरक्षा भक्ता आफ्नो स्वास्थ्य र खानपानमा सदुपयोग गर्न जेष्ठ सदस्यहरुलाई अनुरोध गरे । कार्यक्रमा नगरपालिकाको भोइल, टिमकिया चेपकट, श्रीपुर र फुलबरियावाट जेष्ठ सदस्यहरुको सहभागिता थियो ।

संस्थाले विगत चार वर्षदेखि जेष्ठ सदस्यहरुलाई दशैं खर्च वितरण गरिँदै आएको व्यवस्थापक सञ्जय कुमार यादवले बताए ।

अभिलेख

लोकप्रिय