२२ कात्तिक २०८३, आईतवार

बुडोल सामुदायिकका सदस्यलाई १०% लाभांश, संरक्षित पुँजी फिर्ता कोषबाट कति?

२०८१ असोज १९, शनिवार
बुडोल सामुदायिकका सदस्यलाई १०% लाभांश, संरक्षित पुँजी फिर्ता कोषबाट कति?

काभ्रे : समुदायमा आधारित रहेर सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाको साधारण सभा पाँचखाल, नाला, धुलिखेल र बनेपा एकाइमा क्रमशः असोज १४, १५, १६ र १७ गते एकाइ बैठक सम्पन्न गरी आज (शनिबार) निर्णय प्रमाणित सभा सम्पन्न गरेको छ । सभा संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा भएको हो ।

चार वटै एकाइबाट छनौट भएका एकाइ प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको साथमा आज अन्तिम निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ-आफ्नो एकाइको निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न भएको थियो ।

साधारण सभाले विभिन्न प्रतिवेदनहरु सर्वसम्वत रुपमा पारित गरेको छ । साथै सभाले सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने निर्णय गरेका छ । यसका साथै संरक्षित पुँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

अध्यक्षमा पुनः कैलाश केसी
संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको नेतृत्वमा सञ्चालक समिति र पूर्णबहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको हो ।

 

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी, सह-सचिवमा गीता कुँवर क्षेत्री, सह–कोषाध्यक्षमा राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी केसी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा शर्मिला नेपाल र श्री दिपक के.सी. चयन भएका छन् ।

अभिलेख

लोकप्रिय