नवजीवन सहकारीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम
कैलाली : नवजीवन सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । सहकारी शिक्षा कोष परिचालन उपसमितिले आयोजना गरेको तालिमको उद्घाटन तथा समापन अध्यक्ष बमले गरेका थिए ।
सम्पत्ति शुद्धीकरण निवारणको विषयमा संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पद/सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष देब बहादुर बलमे जानकारी दिए ।
संस्थाले २०७६ सालदेखि गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्दै आएको समेत अध्यक्ष बमले जानकारी दिए । सम्पत्ति शुद्धीकरणको विषयमा संस्थाका कार्यरत सम्पूर्ण कर्मचारीहरुले जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको उनले बताए ।
८४ जना कर्मचारीहरुको सहभागिता रहेको तालिमलाई अजय घिमिरे र प्रज्वल प्रधानले सहजिकरण गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
