आईडियल सहकारीको अध्यक्षमा पुन: गणेश कुमार आश
२०८१ असोज १६, बुधबार
सप्तरी : राजविराज स्थित आईडियल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: गणेश कुमार आश निर्वाचित भएका छन् ।
संस्थाको २५ औं वार्षिक साधारण सभाले आशको नेतृत्वमा सञ्चालक समिति र दिनेश कुमार साह कसेराको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा विजयानन्द झा, सचिवमा शैलेश कु. चौधरी, कोषाध्यक्षमा मंजु देवी शाह र सदस्यहरुमा सुरज कुमार सिंह राजपुत, हरिराम जोशी र कौशल्या कु. रजक रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा डम्बर प्रसाद महतो र सुदामा प्रसाद सिंह रहेका छन्।
नव निर्वाचत दुबै समितिलाई निर्वाचन उप समितिका संयोजक राजेश कुमार झाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
नव निर्वाचित अध्यक्ष आशले सदस्यको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता जनाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार