३० वैशाख २०८२, मङ्गलबार

आईडियल सहकारीको अध्यक्षमा पुन: गणेश कुमार आश

२०८१ असोज १६, बुधबार
आईडियल सहकारीको अध्यक्षमा पुन: गणेश कुमार आश

सप्तरी : राजविराज स्थित आईडियल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: गणेश कुमार आश निर्वाचित भएका छन् ।

संस्थाको २५ औं वार्षिक साधारण सभाले आशको नेतृत्वमा सञ्चालक समिति र दिनेश कुमार साह कसेराको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा विजयानन्द झा, सचिवमा शैलेश कु. चौधरी, कोषाध्यक्षमा मंजु देवी शाह र सदस्यहरुमा सुरज कुमार सिंह राजपुत, हरिराम जोशी र कौशल्या कु. रजक रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा डम्बर प्रसाद महतो र सुदामा प्रसाद सिंह रहेका छन्।

नव निर्वाचत दुबै समितिलाई निर्वाचन उप समितिका संयोजक राजेश कुमार झाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

नव निर्वाचित अध्यक्ष आशले सदस्यको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता जनाए ।

अभिलेख

लोकप्रिय