नेचुरल सहकारीका सदस्यलाई स्तुपा सामुदायिक अस्पतालमा विशेष छुट

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीमा विशेष छुट पाउने भएका छन् । स्तुपा हेल्थ केयर सेन्टर सहकारी संस्थाद्वारा सञ्चालित स्तुपा सामुदायिक अस्पतालमा अब नेचुरलका सदस्यहरुले १५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
आज (बुधबार) एक कार्यक्रमको बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा छुट सम्बन्धी सम्झौता भएको छ । अस्पतालको तर्फबाट निर्देशक डा. पेम्बा लामा र नेचुरल सहकारीको तर्फबाट सचिव विकल्प पाठकले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब नेचुरलका सदस्यहरुले ओपिडि सेवामा २५ प्रतिशत, विभिन्न चेक जाँचमा २५ प्रतिशत, सर्जरीमा १५ प्रतिशत र बेड चार्जमा २५ प्रतिशत छुट पाउने छन् । सम्झौता अनुसार सदस्य, कर्मचारी र कर्मचारीको परिवारले छुट सुविधा पाउनेछन् ।
संस्थाले यस अघि पिपुल्स लाईफ केयर अस्पताल, शंखरापुर साँखु लगायत विभिन्न अस्पतालहरुसँग पनि सम्झौता गरी सदस्यलाई छुट सेवा उपलब्ध गराउँदै आएको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार