६ वटा एकाइमा विकूको साधारण सभा, २१ गैर वित्तीय कार्यक्रमबाट सदस्यलाई जोड्दै
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३५औं वार्षिक साधारण सभा ६ वटा एकाइ केन्द्रमा सम्पन्न भएको छ ।
संस्थाले वार्षिक साधारण सभामा प्रस्तुत गरेका नियमित प्रस्तावहरु माथि छलफल गरि सर्वसम्मत ले पारित भएको छ । एकाइ साधारण सभाबाट पारित तथा छलफल भएका प्रस्तावहरु अब लिपिवद्ध गरि छ वटा एकाइ केन्द्रबाट निर्णय प्रमाणित गर्न छनोट भएका प्रतिनिधि सदस्यहरुको भेला असोज १९ गते अन्तिम निर्णय प्रमाणित गरि साधारण सभाको औपचारिक रुपमा समापन गरिने संस्थाले जनाएको छ ।
आजभन्दा ३४ वर्ष अघि ५० पैसाबाट बचत शुरु गरेको विकू बचत तथा ऋण सहकारी संस्थामा हाल १ लाख २१ हजार सदस्य छन् । विकूमा हाल साढे १० अर्ब रुपैयाँको वित्तीय कारोबार छ । २४ वटा सेवा केन्द्रमार्फत वित्तीय तथा गैर वित्तीय सेवा संस्थाले प्रदान गदै आएको छ ।

विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूले सदस्य सेवा, सम्यक् भाव र सुशासनको पूर्ण परिपालना गर्दै ज्ञान, विज्ञान र नवप्रवर्तनका कार्यक्रमलाई जोड दिएको बताए । सदस्य र सहकारीबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिँदै उनले भने, “सदस्य छन् त सहकारी छ, सदस्य छैनन् त सहकारी पनि छैन, त्यसकारण सहकारी बोक्रा हो भने सदस्य गुदी हुन् ।” सदस्यको साथ र सहयोगले गर्दा नै विकू नेपालकै नमुना संस्थाका रुपमा स्थापित हुन सफल भएको उनको भनाई छ।
संस्थाका सचिव गोविन्द कँडेलले आर्थिक वर्ष २०८१/८२ का लागि वित्तीय कार्यक्रमहरुतर्फ सेयर सदस्य विस्तार, अध्ययन तथा अवलोकन, रेमिट्यान्स सेवा, प्रविधि र पूर्वाधार, जगेडा कोषमा आधारित वित्तीय संरचना, स्तरीकरण, प्रबल विश्लेषण, एकिकृत प्रविधि सेवा, एटिएम सेवा विस्तार, सेवा विशिष्टीकरण सदस्य स्वागत तथा सम्मान, भौतिक पूर्वाधार, कृषि क्षेत्रको प्रवद्र्धन, उद्यमशिलता प्रोत्साहन र स्थानीय तह, निकाय तथा संघ संस्थासँगको सहकार्य गरी १५ शिर्षकमा विभिन्न प्रकारका नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यस्तै गैर वित्तीय कार्यक्रमतर्फ विभिन्न २१ शिर्षकमा विभिन्न कार्यक्रम गर्ने बताए । उनले युवासँग विकू–कर्णधार कार्यक्रम, महिलासँग विकू–सम्भयता कार्यक्रम, जेष्ठ/अग्रज सदस्यसँग विकू–आशिर्वाद कार्यक्रम र विकू आरोग्य कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।
कोषाध्यक्ष पुष्पराज बरालले कुल सम्पत्ति गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भई १० अर्ब २२ करोड, १७ लाख ५९ हजार ५ सय १४ पुगेको बताए । गत आर्थिक वर्षमा १९ करोड ४२ लाख ८६ हजार ९ सय ४ रुपैयाँ मुनाफा गरेको बताए । १ लाख २१ हजार ६ सय ४९ सेयर सदस्यको ८९ करोड १० लाख ९८ हजार ९ सय सेयर पूँजी रहेको छ ।
लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले विकू सहकारीमा अग्रणी एवं सबल संस्थाको रुपमा आफ्नो छवि कायम गर्न सफल भएको बताउँदै संस्थाले प्राप्त गरेको शाख जोगाउन सोही अनुरुप कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन् ।

विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गत वर्ष कुनै पनि बैंक, वित्तीय तथा सहकारी संस्थामा सदस्य नभएका ११०९ जनालाई विकूको सदस्य बनाईएको जानकारी दिए । उनले वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता, प्रविधि साक्षरता र वित्तीय समावेशिताका पक्षमा अभियान सञ्चालन गर्दै अघि बढेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार