२३ असार २०८२, सोमबार

नेपाल बचत तथा ऋण केन्द्रीय संघको साधारण सभा बुटवलमा हुने

२०८१ असोज १४, सोमबार
नेपाल बचत तथा ऋण केन्द्रीय संघको साधारण सभा बुटवलमा हुने

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को वार्षिक साधारण सभा लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिने भएको छ ।

नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा बसेको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा २०८१ पुस ५ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको हो ।

नेफ्स्कूनले २०६४ सालपछि पहिलो पटक काठमाडौं बाहिर वार्षिक साधारण सभा गर्न लागेको संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले जानकारी दिए । नेफ्स्कूनले यस अघि २०६४ सालमा नेपालगञ्जमा साधारण सभा सम्पन्न गरेको थियो ।

संघीयताको मर्म अनुरुप साधारण सभा काठमाडौं बाहिर गर्न लागिएको बताउँदै यसले नयाँ प्रकारको सन्देश प्रवाह गर्ने बरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको बुद्धभूमिमा हुने आगामी साधारण सभामा सबै सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागिताको लागि पनि आग्रह नेफ्स्कूनले आग्रह गरेको छ ।

अभिलेख

लोकप्रिय