२२ कात्तिक २०८३, आईतवार

चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ असोज १४, सोमबार
चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रे : चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता एवं संस्थाकी बयोबृद्धा सदस्य तुलसी माया कटिलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका नव निर्वाचित अध्यक्ष अमन पोटेको विशिष्ठ आतिथ्यता र स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।

साधारण सभामा  उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको गत आव २०८०/०८१ को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत  गरेका थिए ।

साथै संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले आर्थिक बर्ष २०८०/०८१ को लागि ११.५८ प्रतिशत लाभांश घोषणा गर्दै संस्थाको आव २०८०/०८१ को आर्थिक प्रगति समीक्षा र आव २०८१/०८२ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत  गरेका थिए । त्यसैगरी, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आव २०८०/०८१ को समग्र समीक्षा प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका सचिब बुधरत्न मानन्धरले गरेका थिए । साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८० मा  सहभागी भई उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्य ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृति छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय