नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा बुटवलमा गर्ने
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को वार्षिक साधारण सभा लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिने भएको छ ।
नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा बसेको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा २०८१ पुस ५ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको हो ।
नेफ्स्कूनले २०६४ सालपछि पहिलो पटक काठमाडौं बाहिर वार्षिक साधारण सभा गर्न लागेको संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले जानकारी दिए । नेफ्स्कूनले यस अघि २०६४ सालमा नेपालगञ्जमा साधारण सभा सम्पन्न गरेको थियो ।
संघीयताको मर्म अनुरुप साधारण सभा काठमाडौं बाहिर गर्न लागिएको बताउँदै यसले नयाँ प्रकारको सन्देश प्रवाह गर्ने बरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको बुद्धभूमिमा हुने आगामी साधारण सभामा सबै सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागिताको लागि पनि आग्रह नेफ्स्कूनले आग्रह गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार