मिरा इआरपीको ३ वर्षे व्यावसायिक योजना तयार
काठमाडौं : नियोसिस टेक्नोलोजी प्रा.लि.(मिरा इआरपी) ले ३ वर्षे व्यावसायिक योजना निमार्ण गरेको छ । रत्नागिरी रिसोर्ट, नगरकोटमा असोज ७ र ८ गते व्यावसायिक योजना निमार्ण कार्यशाला आयोजना गरी आगामी ३ वर्षे रणनीति तयार गरेको हो ।
नेफ्स्कूनका महासचिव एवं मिरा इआरपी निर्देशक समितिको अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा कार्यशालाको उद्घाटन सत्रमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक थापा, रारा डिजिटल ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा मिरा इआरपी निर्देशक समितिको सदस्य मनोज घिमिरे, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत तथा मिरा इआरपी निर्देशक समितिको सदस्य शिवजी सापकोटा, नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृतहरु गणेश तिमल्सिना र दुर्गा प्रसाद ढकालको आतिथ्यता थियो ।

नियोसिस टेक्नोलोजीका व्यवस्थापन प्रमुख कवि न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा रारा डिजिटल ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा मिरा इआरपी निर्देशक समितिको सदस्य मनोज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यशालामा अवस्थाको विश्लेषण तथा प्रगती समिक्षा, सफ्वेयरको बजार विश्लेषण, प्रतिस्पर्धीहरुको विश्लेषण, सहयोगी तथा साझेदार संघ संस्थाहरु, व्यवसायिक आकार र प्रकृति (लगानीको संरचना), मिरा इआरपीका सेवाहरुको SWOT Analysys (Price, Service, Migration), Mission, Vision, Goal, Objectives & Strategies, मिरा इआरपीका सेवाहरुको अद्यावधिक र विकास, बजारीकरण रणनीति, विक्री रणनीति, IT Infrastructure, जनशक्ति व्यवस्थापन, वित्तीय व्यवस्थापन, सम्पत्ति सामान व्यवस्थापन रणनीति र कानुनी उत्तरदायित्वका विषयमा गहिरो छलफल गरी ३ वर्षे रणनीति तयार गरेको छ ।
मिरा इआरपीको १२ मध्ये ११ मोड्यूल चालु आर्थिक वर्षमा सम्पन्न गर्ने, चालु आर्थिक वर्ष भित्रै ८ सय सहकारीमा मिरा इआरपी जोड्ने र आगामी तीन वर्षमा २ हजार सहकारीमा मिरा जोड्ने लक्ष्यसहित व्यवसायिक योजना निमार्ण गरिएको व्यवस्थापन प्रमुख न्यौपानेले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार