२१ भदौ २०८३, आईतवार

आईडियल सहकारीको संस्थागत पुँजी ८.९३ प्रतिशत

२०८१ असोज ८, मङ्गलबार
आईडियल सहकारीको संस्थागत पुँजी ८.९३ प्रतिशत

सप्तरी : राजविराज-४, सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजी ८.९३ प्रतिशत पुगेको छ । संस्थागत पुँजी दीगो सहकारीको आधार हो ।

पाँच प्रतिशतभन्दा बढी संस्थागत पुँजी हुनुलाई राम्रो मानिन्छ । जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरू नै सहकारीको संस्थागत पुँजी हो ।

संस्थाले प्रकाशन गरेको भदौ महिनाको विवरण अनुसार सेयर पुँजी १२ करोड १४ लाख रुपैयाँ रहेको छ । संस्थाको साधारण जगेडा कोषमा १२ करोड १६ लाख ५७ हजार र कुल संस्थागत पुँजी १२ करोड ७६ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै विभिन्न कोषमा २ करोड ६९ लाख ५८ हजार, कुल बचत १ अर्ब २९ करोड ३७ लाख, ऋण लगानी ७७ करोड ९७ लाख ९७ हजार र तरलता रकम १४ करोड २९ लाख रहेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ४२ करोड ९० लाख रहेको व्यवस्थापक बिनोद कुमार साफीले जानकारी दिए ।

। संस्थामा १६ हजार ५ सय ९३ जना सदस्य रहेको छ ।

अभिलेख

लोकप्रिय