२२ कात्तिक २०८३, आईतवार

नवदुर्गा साकोसका सदस्यलाई कृषि आधारभूत तालिम

२०८१ असोज ६, आईतवार
नवदुर्गा साकोसका सदस्यलाई कृषि आधारभूत तालिम

भरतपुर (चितवन) : नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कृषि आधारभूत तालिम दिएको छ ।

संस्थाले भरतपुर महानगरपालिका वडा नं. ५ सँगको सहकार्यमा तालिम सञ्चालन गरेको हो । तालिमको सहजिकरण कृषि तथा वनविज्ञान विश्व विद्यालय रामपुरमा अध्यनरत विद्यार्थीको समुहले गरेका थिए ।

आफ्ना सदस्यलाई कृषि तथा पशुपालनमा व्यवसायिक बनाउन तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । साथै पशुमा लाग्ने रोग निवारण र उपचारका पद्धति सिकाउने र उद्यमी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

तालिममा कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्षले वडाबासीलाई कृषि तथा पशुपालनमा आउन सक्ने समस्या आफ्नो पनि समस्या रहेको र किसानलाई परेको समस्यालाई आफु वडाको अध्यक्षका हैसियतले सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा रामपुर कृषि तथा वनविज्ञान विश्व बिद्यालयका उपेन्द्र चौहान, विनिता वास्तोला, देविदत्त रोकाय, श्रृष्टि गौतमले सहजीकरण गरेका थिए ।

तालिममा संस्थाका ९८ जना शेयर सदस्यको उपस्थिती थियो ।

अभिलेख

लोकप्रिय