उज्यालो संपद साकोसको अध्यक्षमा पुन: रमेश प्रसाद तिमल्सिना
काठमाडौं : उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश प्रसाद तिमल्सिनाको अध्यक्षतामा काठमाडौंमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।
बागमती प्रदेश सरकारका सस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय मन्त्री बिमल ठकुरीले कार्यक्रमको उदघाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सहकारीको विद्यमान कानूनलाई अक्षरस पालना गर्न आग्रह गरे । सदस्यहरुको भावना बुझेर योजना तर्जुमा गर्न सके सहकारी संस्था कहिले समस्या नपर्ने बताए ।
नेफ्स्कूनका सञ्चालक नवराज अर्यालले सहकारी संस्था सञ्चालनमा शेयर सदस्यहरु भूमिका सञ्चालक भन्दा माथि रहने भएकाले शेयर सदस्यहरुलाई आफ्नो भूमिका निर्वाह गर्न सुझाव दिए ।
साधारण सभाले पुनः रमेश प्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । निर्वाचन उपसमितिका संयोजक बिनोद लुइटेलका अनुसार कार्यसमिति उपाध्यक्षमा रेवतीरमण पौडेल चयन भएका छन् भने सचिवमा नविन नेपाल र कोषाध्यक्षमा विदुर लुइटेल चयन भएका छन् । साधारणसभाले हरिप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन समेत गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय चावहिलमा अवस्थीत छ भर्ने नारायणटार र ब्रह्मखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गर्दै आएको छ । जसमा संस्थाको कुल सदस्य संख्या ३०३८ जना, नियमित मासिक बचत सदस्य संख्या २२१० रहेको छ ।
साथै शेयर पुँजी ४ करोड ९३ लाख, बचत निक्षेप ४६ करोड ९७ लाख, ऋण लगानी ४४ करोड र कुल सम्पत्ति ५५ करोड ६४ लाख रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत राजन सापकोटाले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार