१५ वैशाख २०८२, सोमबार

मिलिजुली कालिञ्चोकको ३१औं साधारणसभा सुरु, वित्तीयसँगै सदस्य सेवामा अब्बल

२०८१ असोज १, मङ्गलबार
मिलिजुली कालिञ्चोकको ३१औं साधारणसभा सुरु, वित्तीयसँगै सदस्य सेवामा अब्बल

दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.को ३१औं वार्षिक साधारण सभा आजबाट सुरु भएको छ ।

संस्थाको साधारण सभा कार्यव्यवस्था (निर्देशिका) २०७६, संस्थाको विनियम २०७९, संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि २०८० बमोजिम एकाईगत साधारण सभा आजबाट सुरु भएको हो ।

संस्थाको ३१औं वार्षिक साधारण सभा तीन एकाईमा सम्पन्न हुँदैछ । असोज १ (आज) एकाई १ अन्र्तगतको साधारण सभा सम्पन्न भएको छ । एकाई १ अन्तर्गत १४ वटा उपस्थित केन्द्र रहेको थियो । त्यस्तै असोज ३ गते एकाई २ अन्तर्गत साधारण सभा हुँदैछ । जसमा उपस्थित केन्द्र १५ देखि २१ सम्म रहेको छ । त्यस्तै असोज ५ गते एकाई तीन अन्तर्गत काठमाडौंमा साधारण सभा हुँदैछ ।

एकाई साधारण सभा सम्पन्नपछि असोज १२ गते संस्थाको मुख्य कार्यालय चरिकोट दोलखामा केन्द्रीय निर्णय पुस्तिका प्रभाणित सभा हुँदैछ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतम भन्छन्–
‘विधि र प्रविधिसहित खुशी सदस्य’ भन्ने मूल नाराका साथ प्रविधिसहित सदस्यहरुको सेवामा समर्पित भएर सञ्चालन हुँदै आएको छ । सदस्यहरूलाई प्रभावकारी सेवा प्रवाह गर्नको लागि संस्था लागि परेको छ ।

सदस्यहरुकै सहयोगको कारण संस्थाले हालसम्म विभिन्न सफलताहरू प्राप्त गर्दै आइरहेको छ । छरिएर रहेको पूँजि संकलन गर्दै आबद्ध शेयर सदस्यहरुलाई साहुकारले लिने महँगो ऋणको ब्याजबाट मुक्ति दिलाउनु यस संस्थाको स्थापनाको उद्देश्य बमोजिम हामी कार्य गर्दै अगाडि बढिरहेका छाँै । संस्थाले बचत किन? र भविष्यमा के काम लाग्छ? भन्ने कुराको अनभिज्ञता राख्नुहुने व्यक्तिहरूलाई सो कुरा बुझाई संस्थाको शेयर सदस्य बनाएर सेवा दिइरहेको छ । अन्य वित्तीय संस्थाको पहुँच नभएको स्थानमा समेत संस्थाले सेवा केन्द्र स्थापना गरी सेवा दिइरहेको उदाहरण छन् ।

बिजुलीको बिल तिर्नको लागि होस् वा खानेपानीको बिल तिर्न होस्, सयाँै रुपैयाँ खर्च गरेर वा दिनभरी पैदल हिँड्नुपर्ने अवस्थालाई संस्थाको सेवाकेन्द्रबाट दिएको सुविधाले अति विकट क्षेत्रका बासिन्दाहरूमा खुशी छाएको देख्दा मनै आनन्दित भएर आउँछ । यस्तो सेवालाई थप विस्तार गर्दै सेवा प्रवाहमा अझ प्रभावकारी बनाउने हाम्रो उद्देश्य छ ।

संस्थालाई सुशासनमा सञ्चालन गर्न, प्रभावकारी वित्तीय संरचना कायम गर्न, सदस्यलाई प्रवाह गरिने वस्तु तथा सेवालाई प्रभावकारी बनाउन, संस्थाको मानव संशाधनलाई दक्ष बनाई मुस्कानसहितको सदस्य सेवा प्रदान गर्न, उदाहरणीय सञ्चालक समिति बन्नको लागि संस्थाले एक्सेस कार्यक्रमको छयासी वटा र सियुलेगका एक सय बीस वटा सूचकाङ्कहरूको निर्देशन बमोजिम विभिन्न कार्यहरु गर्दै अगाडि बढिरहेको छ ।

सदस्य संख्या
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा संस्थामा २३ हजार ८ सय ३६ जना सदस्य आवद्ध छन् । त्यस्तै बालबचतकर्ता संख्या ८ हजार ३ सय ४३ जना गरी कुल बचतकर्ताको संख्या ३२ हजार १ सय ७९ जना पुगेको छ ।

यस्तो छ वित्तीय अवस्था
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा संस्थाको सेयर पूँजी ७ करोड ४३ लाख ६२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

बचत ९८ करोड ३१ लाख ३४ हजार ७२३ रुपैयाँ, लगानी ९४ करोड ७ लाख ९२ हजार ६५७ रुपैयाँ, जगेडा कोष ९ करोड ९ लाख ८५ हजार ५५१ रुपैयाँ, अन्य कोष ३ करोड ३४ लाख ८६ हजार ७७६ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ती १ अर्ब २९ करोड ६३ लाख ८२ हजार ८७२ रुपैयाँ रहेको छ ।

राहत कार्यक्रम
संस्थाले शेयर सदस्यहरुलाई राहत दिने उद्देश्यले राहत कोष खडा गरेको छ । सदस्यबाट लिइएको केही रकम र संस्थाको आम्दानीबाट राहत कोष खडा गरी पुरुष सदस्यको बाबु, आमा, श्रीमती र स्वयंको मृत्यु हुँदा तथा महिला सदस्यको सासु, ससुरा, श्रीमान्र आपूm स्वयंको मृत्यु हुँदा हकवालालाई राहत दिने व्यवस्था गरेको छ । राहात दिने कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा ३२३ जनालाई गरी जम्मा १६ लाख ६२ हजार २५० रुपैयाँ राहात वितरण संस्थाले गरेको छ ।

जेष्ठ शेयर सदस्य भत्ता
संस्थाले सदस्य बनेको १० वर्ष पुरा भएको र उमेर ७० वर्ष पुरा भएका सदस्यहरुलाई वार्षिक २४०० रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । संस्थाले आ.ब. २०८०/०८१ मा जम्मा २४७ शेयर सदस्यलाई ५,९२,८००।– वितरण गरेको छ।

सुत्केरी सहयोग कार्यक्रम
संस्थामा आवद्ध महिला शेयर सदस्यहरु सुत्केरी हुँदा दुई सन्तान सम्मको लागि सुत्केरी सहयोग कार्यक्रम अन्तर्गत एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । संस्थाले आ.ब. २०८०/०८१ मा १११ जनालाई एक लाख तेह्र हजार रुपैयाँ सुत्केरी सहयोग भत्ता वितरण गरेको छ।

नेतृत्व पूर्व अनिवार्य तालिम
संस्थाले भावी नेतृत्वलाई विनियममा नै अनिवार्य तालिम लिनुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार संस्थाले २०७४ सालदेखि भावी नेतृत्वलाई तालिम प्रदान गर्दै आएको छ । यो अभ्यास नेपालमै पहिलो हो । विनियममा भएको व्यवस्था बमोजिम सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको जुनसुकै पदमा उम्मेद्वार हुनको लागि भावी नेतृत्वको क्षमता अभिवृद्धि तालिम लिनुपर्ने व्यवस्था गरेको छ । तालिम लिन इच्छुक शेयर सदस्यहरूको लागि संस्थाले वार्षिक रूपमा आवेदन माग गर्दछ । प्रत्येक दुई वर्षमा संस्थाले यस्तो तालिम सञ्चालन गर्दै आएको छ ।

उत्पादन बजारीकरण गर्न प्रर्दशनी कक्ष
संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्न प्रदर्शनी कक्षको स्थापना गरेको छ । संस्थाको मुख्य कार्यालयमा सदस्यहरुले उत्पादन गरेको कृषि तथा गैर कृषि बस्तुहरुको बजारीकरण गर्न कार्यालय भवनमा छुट्टै प्रदर्शनी स्थलको ब्यवस्था गरेको हो ।

सदस्यहरुले उत्पादन गरेका मध्ये लामो समय सम्म भण्डारण गर्दा नबिग्रने बस्तुहरु प्रत्यक्ष प्रदशर्नी कक्षमा राख्नुका साथै भण्डारण आयु छोटो भएका बस्तुहरुको भने तस्बिरमात्र प्रदशर्नीमा राखेको छ । चाँडो बिग्रने बस्तुहरु किन्न चाहने ग्राहकहरुलाई संस्थाले सिधै विक्रेता तथा उत्पाकहरुसँग सम्पर्क गराउने ब्यवस्था मिलाएको छ ।

मुलुकका विभिन्न स्थानबाट संस्थाको अध्ययन अवलोकन भ्रमणमा आउने पाहुनाहरुलाई समेत प्रदर्शनीमा राखेका उत्पादन देखाएर आफ्ना शेयर सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्न प्रयास गर्दै आएको संस्थाले जनाएको छ ।

प्रविधिमार्फत गाउँ गाउँमा सेवा
समयको परिवर्तन सँगै वित्तीय क्षेत्रमा प्रविधिको विकास तीब्र गतिमा भइरहेको छ । विश्वमा डिजिटल करेन्सीको अवधारणा विकास भइसकेको छ । मित्र राष्ट्र भारतमा भर्चुअल बैंकिङ्गको अवधारणा विकास भई प्रयोगमा आइसकेको छ । यस्तो अवस्थामा संस्थाले पनि प्रविधिलाई आत्मसाथ गर्दै सेवा प्रवाह गरिरहेको छ । पछिल्लो समय डिजिटल कारोबारको मात्रामा वृद्धि हुँदै गएको संस्थाले जनाएको छ । संस्थाको रणनीतिक योजनामा समेत प्रविधिलाई उच्च प्राथमिकतामा राखेको छ ।

अन्य वित्तीय संस्थाको पहुँच नभएको स्थानमा समेत संस्थाले सेवा केन्द्र स्थापना गरी सेवा दिइरहेको छ । विद्युतको बिल तिर्नको लागि सयौं रूपैयाँ खर्च गरेर वा दिनभरि पैदल हिड्नु पर्ने अवस्थालाई संस्थाले सेवा प्रदान गरेको छ । यस्तो सुविधाले सुविधाले अति विकट क्षेत्रका बासिन्दाहरूमा खुसी छाएको छ ।

संस्थाले शेयर सदस्यहरुलाई प्रतिस्पर्धी एवं आधुनिक वित्तीय सेवा दिनका लागि बित्तीय क्षेत्रमा भित्रिएको पछिल्लो डिजिटल प्रविधिलाई समेत अपनाएको छ । यसका लागि संस्थाले शेयर सदस्यहरुलाई एटीएम सेवाका साथै मोबाईल बैंकिङ्ग मार्फत विद्युतीय कारोबार सेवा उपलब्ध गराएको छ । संस्थाका शेयर सदस्यहले एससीटी र युनियन पे को सञ्जालभित्र भएको जुनसुकै एटीएम मेसिनबाट रकम निकाल्न सक्ने संस्थाले जनाएको छ ।

यसैगरी संस्थाले मोबाईल बैंकिङ्ग मार्फत शेयर सदस्यहरुलाई खल्तीमा भएको मोबाईलबाटै आफ्नो खातामा भएको रकमको विवरण बुझ्न सक्ने, संस्थाको अर्को शेयर सदस्यको खातामा रकम सार्न मिल्ने, बैंकमा भएको खातामा पैसा पठाउन वा बैंकमा भएको खाताबाट सहकारीको खातामा पैसा सार्न मिल्ने र घरमै बसेर ऋणको किस्ता तथा व्याज भुक्तानि गर्न मिल्ने सेवा उपलब्ध गराएको छ ।

यस्तै मोबाईल बैंकिङ्ग मार्फत ईन्टरनेट, विद्युत, टेलिफोन, खानेपानी, केवल च्यानल आदि सेवाको महसुल भुक्तानि गर्नुका साथै मोबाईलको ब्यालेन्स रिचार्ज, प्लेन टिकट खरिद, बीमाको रकम भुक्तानी लगायतका सेवा समेत सदस्यले लिन सक्ने ब्यवस्था रहेको छ । साथै यो सेवा मार्फत विप्रेषण सेवा उपयोग गर्न र संस्थालाई आवश्यक सल्लाह सुझाव समेत दिन सकिने संस्थाले जनाएको छ । विभिन्न प्रतिवेदनहरू सञ्चालक समितिलाई इमेलमार्फत पठाउने र सोही माध्यमबाट प्रतिउत्तर दिने व्यवस्था गरेको छ ।

ऋण लगानी गर्नुपूर्व अनिवार्य ऋण व्यवस्थापन तालिम
संस्थाले सहकारी सम्बन्धित विभिन्न ऐन, नियमको परिधि भित्र रही सदस्यहरूलाई सहज र सुलभ तरिकाबाट ऋण लगानी प्रणाली अपनाइएको छ । सदस्यको ऋण माग फारामको दर्ता नम्बरको आधारमा ऋण सेवा उपलब्ध गराउँदै आएको छ ।

सदस्यहरूलाई ऋण प्रदान गर्नु पूर्व ऋण व्यवस्थापन र वित्तीय साक्षरता तालिम अनिवार्य सञ्चालन गर्ने गर्दछ । तालिमबाट शेयर सदस्यहरूलाई राहात पुगेको छ भने संस्थाको ऋण भाखा नाघ्ने चाप कम भएको छ ।

संस्थाबाट सदस्यलाई ऋण लगानी गर्दा पाँच लाख भन्दा बढीको ऋणमा राखिने धितोको मुल्यांकन इन्जिनियरबाट गर्नुपर्ने र मालपोत कार्यालयमा दृष्टिबन्धक पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । पाँच लाख भन्दा कमको ऋण माग गर्ने सदस्यहरूको धितो राख्ने अचल सम्पत्ति मुल्यांकन संस्थाबाट गर्ने गरिएको छ छ । मालपोत कार्यालयमा ठाडो रोक्का गरेपछि मात्रै संस्थाले ऋण लगानी गर्ने गर्दछ ।

संस्थाले आफ्ना सदस्यहरूलाई सानो ऋण सहज बनाउनको लागि संस्थाको ऋण नीति अनुसार योग्यता पुगेका सदस्यहरूले एक लाख रूपैयाँसम्मको ऋण माग गरेकै दिन लगानी गर्ने व्यवस्था गरेको छ । संस्थाले नियमित बचतको ५ गुणासम्म मात्र ऋण लगानी गर्ने गरेको छ । २५ हजार रूपैयाँसम्म ऋण लिनको लागि ५ गुणाको आवश्यकता नपर्ने व्यवस्था संस्थाले गरेको छ ।

सदस्यलाई अध्ययनशिल बनाउन पुस्तकालय
शिक्षा कोकोबाट सुरू भई चितामा पुगेपछि अन्त्य हुन्छ भन्ने भावका साथ संस्थाले सदस्यलाई अध्ययनशिल बनाउन पुस्तकालय स्थापना गरेको छ । संस्थाको नवनिर्मित भवनमा पुस्तकालयको छुट्टै व्यवस्था गरिएको छ । संस्थाका सदस्य तथा बाल बचतकर्ताहरू आई संस्थाको कार्यविधि बमोजिम अध्ययन गर्न सक्ने जनाएको छ । निकट भविष्यमा शेयर सदस्यहरूले डिजिटल रूपमा अध्ययन गर्न मिल्ने विद्युतिय पुस्तकालयको समेत संस्थाले सोच विकास गरेको छ ।

अभिलेख

लोकप्रिय