सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रिमियम टेक्नोलोजीको प्रतिवद्धता

काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) उपलब्ध गराउँदै आएको छ ।
स्थापना दिवसको अवसरमा ग्राहक वर्ग, साझेदार, व्यवस्थापन, प्राविधिक लगायत सरोकारवाला निकायहरु प्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले ग्राहक तथा सेवा प्रयोगकर्ताहरुको आवश्यकता र उद्देश्यमा केन्द्रित रही प्रोडक्टहरुको विकास गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बनले आभार तथा प्रतिवद्धता जारी गर्दै भनेका छन्, ‘हामीसँग आवद्ध भएका ४ सय भन्दा बढि संघ/संस्थाहरुलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउन, व्यक्तिगत सदस्यहरुसम्म प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रवाह गर्दै बृद्धि र विकास सुनिश्चत गर्न नेपालको एक भरपर्दो र उत्कृष्ट कम्पनिको रुपमा स्थापित गर्ने प्रतिवद्धासहित सम्बद्ध सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’
प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) आईएसओ ९००१:२०१५ प्रमाणित सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय छ ।
प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्याधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताए ।
१० औं स्थापना दिनवसको अवसरमा कम्पनीले ४ प्रतिवद्धता समेत जाहेर गरेको छ ।
– नविततम् प्रविधिहरु अवलम्बन गर्दै ग्राहकहरुको सफलता सुनिश्चित गर्ने,
– परिस्कृत, सुरक्षित, स्वचालित र सहज रुपमा एकीकृत मोडलको रुपमा हाल Premium CBS V2.0 विकास गरीएको र भविष्यमा नियमित रुपमा थप परिस्कृत संस्करणहरु विकास गर्ने,
– उत्कृष्ट सेवाको लागि ग्राहकहरुको सल्लाह, सुझाव तथा गुनासोहरु सही ढंगबाट व्यवस्थापन गर्ने र
– नियामकीय दायित्वहरुको पूर्ण पालना गर्दै बैधानिक जोखिम रहित सुव्यवस्थित प्रणाली लागु गर्ने
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार