२१ भदौ २०८३, आईतवार

म्यानेजर्स क्लब पर्साको आयोजनामा विद्यार्थीलाई वित्तीय साक्षरता

२०८१ भदौ २८, शुक्रबार
म्यानेजर्स क्लब पर्साको आयोजनामा विद्यार्थीलाई वित्तीय साक्षरता

पर्सा : को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । क्लबले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

वीरगंजको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजना गरिएको वित्तीय साक्षतरता कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुको सहभागिता थियो । पछिल्लो समय सहकारी र क्लबहरुले विद्यार्थीहरुलाई बचतको महत्व बुझाउने उदेश्यले यस्ता कार्यक्रमहरु सचालन गर्दै आएका छन् ।

विद्यार्थीहरुलाई अहिले देखिनै  सहकारीको आवश्यकताका साथै  सहकारीमार्फत स सानो रकम बचत गर्न सिकाउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको म्यानेजर्स क्लबले जनाएको छ । युवाहरुमा  सानो रकम बचत गर्ने वानीको विकास गर्दै जाँदा भविष्यको  लागि आवश्यक पर्ने पुँजी निमार्ण गर्न पनि यस्ता कार्यक्रमहरु सहायक सिद्ध बनेका छन् ।

विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता  कार्यक्रम सञ्चालन गर्दा थप प्रभावकारी हुने र उनीहरुमा बचत गर्नु पर्ने रहेछ भन्ने भावनाको विकास हुने आयोजकको विश्वास छ ।

क्लबका अध्यक्ष रविभुषण श्रीबास्ताबको अध्यक्षतामा भएको तालिममा सहकारी बैंकका वीरगंज शाखा प्रमुख सन्जय महतोले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको प्रमुख अथिति म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल रहेका थिए ।

अभिलेख

लोकप्रिय