जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन श्रेष्ठ र सचिवमा प्रकाश बञ्जरा विजयी

बनेपा : जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन् । संघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनमा श्रेष्ठले १९० मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार राजन शाक्यले १४९ मत ल्याए । श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी संस्था र शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि बनेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट र शाक्य एमाले निकाट सहकारीकर्मी हुन् । यस अघिको समितमा श्रेष्ठ उपाध्यक्ष थिए भने शाक्य कोषाध्यक्ष ।
त्यस्तै उपाध्यक्षमा मिरा सत्याल विजयी भएका छन् । सत्यालले १७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राधिका दाहाल घिमिरेले १५३ मत ल्याईन । त्यस्तै उपाध्यक्षमा शान्ति लामा तामाङ १७० मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार ठाकुरनाथ अधिकारीले १६४ मत ल्याए ।
त्यसैगरी सचिवमा प्रकाश बञ्जरा विजयी भएका छन् । उनले १८६ मत पाउँदा उनका प्रतिस्पर्धी यदुनाथ हुमेगाईले १४९ मत पाए । १७६ मत ल्याएर कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिमाली श्रेष्ठले १६० मत ल्याए ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य १५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी गणेशप्रसाद भट्टराईले १४१ मत ल्याए।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार