२२ कात्तिक २०८३, आईतवार

जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज, अध्यक्षमा श्रेष्ठ र शाक्य भिड्दै

२०८१ भदौ २६, बुधबार
जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज, अध्यक्षमा श्रेष्ठ र शाक्य भिड्दै

बनेपा : जिल्ला सहकारी संघ, काभ्रेको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदैछ । अध्यक्षमा अमन पोटे श्रेष्ठ र राजन शाक्य भिड्दै छन् ।

श्रेष्ठ वर्तमान समितिमा उपाध्यक्ष हुने भने शाक्य कोषाध्यक्ष हुन् । त्यस्तै उपाध्यक्ष महिलामा मीरा सत्याल र राधिका दाहाल घिमिरे भिड्दै छिन् । उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङ रहेका छन् ।

त्यस्तै सचिवमा प्रकाश बञ्जरा र यदुनाथ हुमेगाई छन् भने कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ छिन् ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र समाजबादीको संयुक्त प्यानल छ भने एमालेको प्यानल रहेको छ ।

अभिलेख

लोकप्रिय