जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा तीन जनाको उम्मेदवारी, केही पदमा उम्मेदवारी नै परेन
बनेपा : भोली (बुधबार) हुने जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि कमला अधिकारी, राजन शाक्य र अमन पोटे श्रेष्ठको उम्मेदवारी परेको हो । अधिकारी जागृत कुशादेवी बचत तथा ऋण सहकारी संस्थाका प्रतिधित्व गरेकी छिन् । त्यस्तै शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्था र श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गरेका छन् ।
त्यस्तै महिला उपाध्यक्ष राधिका दाहाल मिमिरे र मिरा सत्यालको उम्देवारी परेको छ । घिमिरे साहारा नारी चेतनामूलक सहकारी र सत्याल पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट प्रतिनिधित्व गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङको उम्मेदवारी परेको छ । अधिकारी सुनमती गंगा बचत तथा ऋण सहकारी र तामाङ सबल नारी चेतना कृषि सहकारीबाट प्रतिनिधित्व गरेका छन् ।
सचिवमा प्रकाश बञ्जरा र यदुनाथ हुमेगाईको उम्मेदवारी परेको छ । बञ्जरा सामुदायिक साकोस र यदुनाथ जनउत्थान साकोसका प्रनितिधि हुन् ।
त्यस्तै कोषाध्यक्षमा हिमाली श्रेष्ठ र अर्जुन प्रसाद सापकोटाको उम्मेदवारी परेको छ । श्रेष्ठ लक्ष्मी महिला साकोस र सापकोटा आय आर्जन साकोसका प्रतिनिधि हुन् ।
त्यस्तै ६ जना आवश्यक सञ्चालक पदमा १७ जनाको उम्मेदवारी परेको छ । सञ्चालकहरुका बलराम मानन्धर (प्रभात साकोस), रोशन कुमार श्रेष्ठ (उद्यम विकास साकोस), केशव प्रसाद काफ्ले (प्रगतिशिल बहुउद्देश्यीय), जगन्नाथ श्रेष्ठ (शक्ति साकोस), पूर्ण सागर रंजित (सनलाईट साकोस), अनन्त सत्याल (श्री भञ्ज्या बहुउद्देश्यीय), श्यामहरि सापकोटा (जनमैत्री साकोस), शिव प्रसाद ढुंगेल (शैलुङगेश्वरी साकोस), अम्विका तिमल्सिना (श्रमिक जनउत्थान साकोस), मोहन कुमार श्रेष्ठ (नोबेल साकोस), विमली तामाङ (आईडियल साकोस), लक्ष्मण गौतम (श्री कल्याणकारी), इन्दिरा गौतम (ग्रामिण महिला विकास), सुदर्शन अधिकारी (मकालु साकोस), सुनिता धिताल (विन्धवासिनी साकोस) र होम कुमारी तामाङ दोङ (मिलेनियम साकोस) रहेकी छिन् ।
त्यस्तै महिला सञ्चालक सदस्य पदका लागि १ जनाको मात्रै उम्मेदवारी परेको छ । आवश्यक संख्या ४ को लागि देवकी तिमल्सिना दाहाल (नारी जागरण साकोस)को मात्रै उम्मेदवारी परेको हो ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजक पदमा तीन जनाको उम्मेदवारी परेको छ । संयोजकमा डिल्ली प्रसाद आचार्य (विहानी सम्वर्दक साकोस), गणेश प्रसाद भट्टराई (श्री अग्रसर पञ्चामृत बहुउद्देश्यीय) र मञ्जु घिमिरे आचार्य (पुण्यमति नारी चेतना सिममुलक)को परेको हो ।
संघले लेखा सुपरीवेक्षण समितिको सदस्यमा एक जना महिला सुनिश्चित गरेको छ । जसमध्ये महिला कोटामा उम्मेदवारी नै परेको छैन । अर्को सदस्य पदमा प्रेम नाथ शर्मा कोईराला (बुडोल सामुदायिक साकोस) र पवन राज कर्णजित (पिपुल्स साकोस)को उम्मेदवारी परेको छ ।
५ जनामो उम्मेदवारी भने खारेज भएको छ । संघको निर्वाचन निर्देशिका बमोजिम आधारभूत योग्यता नपुगेका ज्ञानेन्द्र कुमार तामाङ (रोशी बहुउद्देश्यीय), कल्पना कुँवर (श्री बासडोल सामुदायिक), इश्वरी घिसिङ (लक्ष्मी महिला विकास) र शारदा थापा (महेन्द्रज्योती नारी चेतना) को उम्मेदवारी खारेज भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार