सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो: सूर्य थापा
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसँग छलफल गरेका छन् ।
साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिँदै सभापति थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको बताए ।
छानविसमितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्ने क्रममा साना किसान कृषि सहकारीहरुले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको बताए । यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्र बैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याए ।
सभापति थापाले देश भरको सहकारी दर्ता सूचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउनु हुँदै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताए ।
छलफलमा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले सामाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराएका थिए । उनले सबै सहकारीमा समस्या नरहेको बताउँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरे ।

देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने तर्क गरेका थिए ।
आफुहरुले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरुमा अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको जानकारी गराएका थिए ।
अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्ब १२ अर्ब रुपैयाँ अहिले पनि सुरक्षित रहेको बताए । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरे । यसैगरी उनले किसानले उत्पादन गरेको मासु, दुध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्न सके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीहरुको समस्या समाधान हुने बताए ।
जुन सहकारीको सञ्चालक र कर्मचारीहरुलाई सदस्य तथा वचतकर्ताले चिन्दैन तिनै संस्थामा समस्या रहेको भन्दै उनले साना किसानमा आफै सदस्य आफै सञ्चालक र आफै कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताए । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सुपरीवेक्षण समितिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका थिए ।
छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रवन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीसहित कर्मचारीहरुको उपस्थिती थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
