रामकोट साकोसको १५औं साधारण सभा सम्पन्न
धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता थियो । त्यस्तै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा, संस्थापक अध्यक्ष एवं नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको उपाध्यक्ष हेमराज श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले अध्यक्षको प्रतिवेदन, सचिव राजकुमार श्रेष्ठले सञ्चालक समितिको तर्फबाट प्रगति प्रतिवेदन, कोषाध्यक्ष तेजकुमारी लम्सालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक फत्तकुमारी श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गरेकी थिईन । सबै प्रतिवेदन उपर छलफल गरी साधारण सभाले पारित गरेको छ । साथै साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन समेत गरेको छ ।
सभाले राजकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । श्रेष्ठ यसअघि उपाध्यक्ष थिए । त्यस्तै समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा रेशमकुमार श्रेष्ठ, सहसचिवमा भक्तबहादुर श्रेष्ठ र कोषाध्यक्षमा तेजकुमारी लम्साललाई चयन गरेको छ । सदस्यहरुमा सुजन श्रेष्ठ, रामशरण श्रेष्ठ, ऋितु श्रेष्ठ र कविता बसौला (अर्याल) छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा फत्तकुमारी श्रेष्ठ चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा उत्तम सिलवाल र पार्वती श्रेष्ठ चयन भएका छन् ।
साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट समूह, सर्वाधिक सेयर खरिदकर्ता, एसईईमा उर्तिण सदस्यका छोराछोरी लगायतलाई सम्मान समेत गरेको थियो ।

२०६६ साल कात्तिक १० गते स्थापना भएको संस्थाको सेयर पुँजी १ करोड ६३ लाख ८४ हजार ५ सय रुपैयाँ रहेको छ । २९ सय ४० जना सेयर सदस्य रहेको संस्थामा १३७४ जना बाल बचतकर्ता रहेका छन् । १२ करोड २५ लाख २४ हजार बचत, ११ करोड ७० लाख ३८ हजार कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोषमा ३४ लाख ७८ हजार, कर्जा जोखिम कोषमा १ करोड १५ लाख ६२ हजार र कुल सम्पत्ति १५ करोड ६५ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार