रामकोट सहकारीको अध्यक्षमा राजकुमार श्रेष्ठ

धादिङ : नीलकण्ठ नगरपालिका ८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको १५औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले आगामी ४ वर्षको लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा रेशमकुमार श्रेष्ठ, सहसचिवमा भक्तबहादुर श्रेष्ठ र कोषाध्यक्षमा तेजकुमारी लम्साल निर्वाचित भएकी छिन् ।
त्यस्तै सदस्यहरुमा सुजन श्रेष्ठ, रामशरण श्रेष्ठ, ऋितु श्रेष्ठ र कविता बसौला (अर्याल) निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा फत्तकुमारी श्रेष्ठ चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा उत्तम सिलवाल र पार्वती श्रेष्ठ चयन भएका छन् ।
नव निर्वाचित समितिलाई संस्थाका प्रमुख सल्लाहकार तथा मेयर भिमप्रसाद ढुंगाना, संस्थापक अध्यक्ष हेमराज श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, निवर्तामान अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार