२० भदौ २०८३, शनिवार

हाम्रो साकोस र बौद्धिक सहकारी बीच एकीकरण सम्झौता

२०८१ भदौ ११, मङ्गलबार
हाम्रो साकोस र बौद्धिक सहकारी बीच एकीकरण सम्झौता

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी नगरपालिका-१, स्थित बौद्धिक उपभोक्ता सहकारी बीच एकीकरण हुने भएको छ । दुबै संस्थाका सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयुक्त बैठक बसी एकीकरण सम्झौता समेत सम्पन्न भएको छ ।

आगामी वार्षिक साधारण सभाबाट एकीकरण कार्यबिधि पारित गरि एकीकरण गर्ने गरि हाम्रो साकोसका अध्यक्ष शम्भु प्रसाद फुयाल र बौद्धिक सहकारीका अध्यक्ष नन्द कुमार न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस अघि ४ वटा संस्था एकीकरण भएकोमा यस पटक बौद्धिक उपभोक्ता र टिकाभैरब नमुना कृषि सहकारी सहित एकीकरण हुँदा हाम्रो साकोसको छैटौं एकीकरण हुनेछ । यस अघि टिकाभैरब नमुना कृषि सहकारी र हाम्रो साकोस बीच एकीकरण सम्झौता भैसकेको छ ।

एकीकरण पश्चात ७८०० सदस्य, १८० करोड सम्पती, १२८ करोड ऋण लगानी, १३२ करोड बचत, १४ करोड (अपरिस्कृत वित्तीय विवरण बमोजिम) संस्थागत पूँजी काय हुने हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए ।

अभिलेख

लोकप्रिय