ज्योतिपुञ्जको संस्थागत पूँजी मात्रै १२ करोड ४४ लाख
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले साउन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
संस्थाले आज प्रकाशित गरेको विवरण अनुसार २५ दशमलव ६२ प्रतिशत अर्थात् २४ करोड ६३ लाख ७१ हजार रुपैयाँ तरलता छ । संस्थाको शेयर पुँजी ८ करोड १४ लाख १५ हजार रुपैयाँ र बचत संकलन ९६ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
संस्थाले ४ हजार २ सय ३७ जना शेयर सदस्यहरु मध्ये २ सय ८१ जना सदस्यलाई विभिन्न शीर्षकमा ९७ करोड ८६ लाख ४८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, संस्थाको जगेडा कोषमा ११ करोड ५४ लाख ५१ हजार रुपैयाँ र अन्य विभिन्न कोषहरुमा १ करोड २१ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ ।
कुल सम्पत्ति १ अर्ब ३४ करोड १९ लाख ६३ हजार रुपैयाँ कुल सम्पत्ति रहेको संस्थाको कुल संस्थागत पुँजी १२ करोड ४४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
मुख्य कार्यालयका अलावा संस्थाले काठमाडौंको गोठाटार, ललितपुरको लूभू र कुमारीपाटीमा सदस्य सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
