२२ कात्तिक २०८३, आईतवार

आईडियलको कुल सम्पत्ति १ अर्ब ४० करोड, थुप्रियो तरलता

२०८१ भदौ २, आईतवार
आईडियलको कुल सम्पत्ति १ अर्ब ४० करोड, थुप्रियो तरलता

सप्तरी : राजविराज-४, सप्तरी स्थित आईडियल सहकारी संस्थाले चालु आर्थिक वर्षको साउन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज (आईतबार) प्रकाशित विवरण अनुसार संस्थाको सेयर पुँजी १२ करोड १२ लाख ४३ हजार २ सय रुपैयाँ पुगेको छ ।

संस्थाको जगेडा कोषमा ११ करोड २५ लाख रुपैयाँ, विभिन्न कोषमा ६७ लाख र संस्थागत पुँजी ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

१ अर्ब १ करोड ३७ लाख बचत रहेको संस्थाले ७८ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । १ अर्ब ४० करोड ३३ लाख कुल सम्पत्ती रहेको संस्थासँग ४५ करोड ६३ लाख रुपैयाँ (४५.०२ प्रतिशत) तरलता रहेको छ । १६ हजार ५ सय २७ जना सेयर सदस्य रहेको संस्थाबाट १ हजार २ सय १६ जनाले कर्जा लिएका छन् ।

बैंकहरुमा ब्याजदर कम भएसँगै सहकारीमा तरलता बढेको संस्थाका अध्यक्ष गणेश कुमार आशले बताए । ‘पछिल्लो समय आईडियल सहकारीप्रति सदस्यहरु र स्थानीयहरुको आशा र भरोसा बढेको छ । बचतमा निरन्तर वृद्धि भईरहेको छ’, अध्यक्ष आशले भने, ‘तर लगानी भने सोही अनुसार बढाउन सकिएको छैन । यसलाई हामीले ठूलो चुनौतीको रुपमा लिएका छौं ।’

अभिलेख

लोकप्रिय