अबको ४ वर्षमा नेफ्स्कून कहाँ?

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हालै छैठौं रणनीतिक व्यवसायिक योजना निर्माण गरी व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । संघको नयाँ रणनीतिक व्यवसायिक योजना (२०८१/८२–२०८४/८५) साउन २ गते एक कार्यक्रमको बीच नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाल ढकालले प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा (पीएचडी)लाई कार्यान्वयनका लागि हस्तान्तरण गरेका थिए ।
पाँचौ योजना कार्यान्वयन अवधि सकिएसँगै नेफ्स्कून बोर्डले छैठौं योजना तयार गरेको थियो । छैठौं योजनाको थिम ‘स्वस्थ र सुरक्षित साकोसहरुको जवाफदेही एकीकृत सञ्जाल’ रहेको छ ।
अबको ४ वर्षमा सदस्य ५ हजार, व्यक्तिगत सदस्य ५० लाख, सदस्य एकीकरण ३ सय, तालिम शिक्षामा सहभागी ६० हजार, कुल सम्पत्ति ४४ अर्ब, स्थिरीकरण कोषमा सहभागि थप ३ सय हुनेछ । त्यस्तै सञ्जालिकृत साकोस १ सय वटा, प्रदेश स्तरीय कार्यालय ७, स्तरीकरण कार्यक्रम २० प्रतिशत सदस्य आवद्ध, तालिममार्फत जनशक्ति प्रमाणीकरण २ हजार र साझा प्रविधिको उपयोग ५० प्रतिशत सदस्य हुने लक्ष्य लिईएको छ ।
सञ्चालक समिति र उच्च व्यवस्थापनले पाँचौ रणनीतिक योजनाको गहिरो र फराकिलो समीक्षासहित समय, परिस्थिति र साकोस अभियानको अपेक्षा सम्बोधन गर्ने गरी नयाँ रणनीतिक योजना निर्माण गरेको नेफ्स्कूनले जनाएको छ । संघका अध्यक्ष ढकालले नयाँ रणनीतिक योजना कार्यान्वयनमा आएको र कुनै अलमलविना यसलाई परिणाममुखी बनाउन व्यवस्थापनलाई निर्देशन दिएको बताए ।
‘अब प्रविधि हाम्रो प्रायोरिटी हो । प्रविधिकरणको दिशामा भए गरेका कामलाई थप पोलिसिङ गर्दै अघि बढ्नुपर्छ । अर्को भनेको वित्तीय सहकारी ऐनको विषय मुलुकको साकोस अभियानको अर्को अनिवार्य आवश्यकता हो । नेफ्स्कूनको छैठौं रणनीतिक योजनामा समेटिएका यी विषयसँगै अन्य वित्तीय लक्ष्यहरु कार्यान्वयनमा सबैको एकताबद्ध र सार्थक प्रयास रहनेमा सिङ्गो सञ्चालक समिति विश्वस्त छ’, उनले भने । सबैले एउटै स्पिड र स्पिरिटमा काम गर्दा जस्तै कठिनाइ आएपनि लक्ष्य हासिल गर्न सकिने अध्यक्ष ढकालले बताए ।
२०४५ बाट सुरु भएको नेफ्स्कून नेतृत्वको नेपालको साकोस अभियान जागरण, प्रवर्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितत हुँदै सञ्जाल व्यवस्थापनमा पुगेको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताए । सन् २०१३ मा नेपालमा सम्पन्न ओकू फोरममा क्यानेडियन बचत ऋण सहकारी अभियन्ताले एकीकृत साकोस सञ्जालका विषयमा प्रस्तुतिकरण गरेको स्मरण गराउँदै त्यसयता यो विषयलाई नेपालको साकोस अभियानले प्राथमिकतामा राखेको बताए ।
‘यो रणनीतिक योजना महत्वाकांक्षी भन्दा व्यावहारिक र वस्तुगत छ । समग्र साकोस अभियानको वित्तीय स्वास्थ्यलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको छ । सदस्य संघ संस्थाहरुको वृद्धि र विकास, नीतिगत एकरुपता र प्रविधिलाई प्राथमिकतामा राखी एकीकृत साकोस सञ्जाल गरी ३ वटा विषयलाई रणनीतिक योजनाले प्रधानमा राखेको छ’, सापकोटाले भने ।
सदस्य संघ संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षणसँगै अनुगमनको संयन्त्रका रुपमा स्थिरीकरण कोषलाई विकास गर्दै अघि बढ्ने बताए । रणनीतिक योजनाका लक्ष्यहरु हासिल गरी साकोस अभियानलाई थप समृद्ध बनाउने दिशामा नेफ्स्कूुन व्यवस्थापन प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार