मुलुककै जेठो संघ नेफ्स्कून ३७ वर्षमा
काठमाडौं : बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) स्थापनाको ३७औं वर्ष प्रवेश गरेको छ । नेफ्स्कूनले आज देशभर औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।
२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । संघ २०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो ।
नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागेको हो ।
स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पुर्याउने व्यक्तिहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापकहरु एवम् गुणस्तरीय सदस्य सेवामा समर्पित संघ संस्थाहरुलाई सम्मान पुरस्कार घोषणा गर्दैछ । स्थापना दिवसमा घोषित सम्मान पुरस्कार नेफ्स्कूनले वार्षिक साधारणसभामा प्रदान गर्दै आएको छ ।
यसैगरी, संघको छैठौं रणनीतिक व्यावसायिक योजना (आ.व. २०८१/८२ देखि २०८४/८५) सार्वजनिक गर्ने, सदस्य संघ संस्थाहरुमा सुशासन प्रवर्धनका लागि एकीकृत स्वनियमन मार्गदर्शन जारी गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन्नमा संघले संञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई दिक्षित गर्ने कार्यक्रम रहेको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापना दिवसको अवसरमा अभियानका अग्रज व्यक्तित्वहरू, सहकारी क्षेत्रका अभिभावकहरु लगायत सम्पूर्ण बचत तथा ऋण सहकारी संघ÷संस्था, अभियानकर्मी साथीहरु लगायत अभियानको विभिन्न तहको व्यवस्थापनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार