२० भदौ २०८३, शनिवार

बागमती प्रदेश प्रमुख देवकोटालाई नवजीवनमा स्वागत, सम्झिए संस्था स्थापनाका ती दिन

२०८१ साउन २९, मङ्गलबार
बागमती प्रदेश प्रमुख देवकोटालाई नवजीवनमा स्वागत, सम्झिए संस्था स्थापनाका ती दिन

कैलाली : धनगढी स्थित नवजीवन सहकारी संस्थाले मंगलबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई संस्थाको मुख्य कार्यालयमा स्वागत गरेको छ ।

संस्थाको संस्थापक सदस्य समेत रहेका प्रदेश प्रमुख देवकोटालाई गृह क्षेत्र धनगढीमा आएको अवसरमा सम्मान गरिएको हो । संस्थाका अध्यक्ष देबबहादुर बमको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले संस्था स्थापनाको इतिहास सुनाएका थिए ।

`१४ जना साथीहरुले स्थापना गरेको बचत कोषबाट नवजीवन स्थापनाको ढोका खुलेको थियो । सहकारी संस्थाको रुप दिन त्यतिखेरका साथीहरुको अहोरात्र खटाईले यो अवस्था आएको हो´, उनले भने । निकै मेहनतका साथ स्थापना गरेको संस्था आज देशकै नमुना सहकारी संस्थाको रुपमा नाम सुन्दा आफुलाई गौरव राख्ने गरेको बताए । `संस्थाको गरिमा घट्न नदिन सञ्चाक तथा कर्मचारी साथीहरुमा हार्दिक आग्रह गर्दछु´, उनले भने ।

प्रदेश प्रमुख देवकोटालाई स्वागत गर्दै संस्थाका अध्यक्ष देवबहादुर बमले संस्थाको आगामी कार्ययोजना सुनाएका थिए। संस्थाका अग्रजहरुले देखाएको बाटो र उहाँहरुको भावनामा ठेस पुग्ने काम संस्थाले कहिल्यै नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज पाण्डे, संस्थाका उपाध्यक्ष चेतराज ओझाले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका महाप्रवन्धक  डम्मर सिंह गुरुले संस्थाको अवस्था जानकारी गराएका थिए।

अभिलेख

लोकप्रिय