एसईई उत्तीर्ण १२३ जना बाल बचतकर्तालाई बुडोल सामुदायिकको सम्मान
काभ्रे : बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्तीर्ण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई सम्मान गरेको छ । बनेपाको चेतना केन्द्रमा आयोजित एक विशेष कार्यक्रममा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएकी छात्रा स्मृति श्रेष्ठ, संस्थाका बाल बचतकर्ताहरुमध्ये उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रा सुस्मिता कुमारी शाही ठकुरी र उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्र प्रज्ञान खड्कालाई खादा, मायाको चिनो, टेबल बत्ती, प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा यस वर्ष एस.ई.ई. उत्र्तीण भएका १२३ जना विद्यार्थीहरुलाई खादा, मायाको चिनो, टेबल बत्ती र प्रसंशा पत्रले सम्मान गरेको थियो । एस.ई.ई. उत्र्तीण हुनुहुने १५० जना बालबचतकर्ताहरुले संस्थामा नाम दर्ता गराएको संस्थाले जनाएको छ ।

संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य भवानी के.सी.ले गरेका थिए । कार्यक्रममा शिक्षा तथा प्रकाशन उपसमिति सदस्य गंगादेवी लुईटेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा अतिथिहरु प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियान्ता रामहरि के.सी., कान्छीमाया तामाङ फाउण्डेशन मार्फत सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तित्व डा. दिलबहादुर तामाङ, जिल्ला बचत संघ, काभ्रेकी उपाध्यक्ष निर्मला श्रेष्ठ, नेपाल पत्रकार महासंघ, काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको उपस्थिति रहेको थियो ।
संस्थामा बाल बचतकर्तादेखि नै आबद्ध भई हाल स्वास्थ्य क्षेत्रका समाजसेवी डा. दिलबहादुर तामाङले शुभकामना मन्तव्य राख्दै बुडोल सामुदायिक साकोस पारिवारिक छहारी भएको बताए । उनले भने,‘ मैले बाल सदस्यबाट खुत्रुकेमा बचत गरी सुरुवात गरेको थिए । मेरो भविष्य सुनिश्चित गर्नका लागि बुडोल सामुदायिक साकोसले महत्वपूर्ण भूमिका खेलेको छ । मैले चिनमा डाक्टर पढ्दै गर्दा बुडोल सामुदायिक सहकारीको ऋणले कलेजको शुल्क तिरेको छु । मेरी आमाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो, त्यो बखत पनि संस्थाले समवेदना सहित राहात उपलब्ध गराएको थियो, त्यसै कारणले पनि बुडोल सामुदायिक सहकारी पारिवारिक छहारी हो । ’
कार्यक्रममा संस्था अध्यक्ष कैलाश के.सी., प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., नेपाल पत्रकार महासंघ, काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले शुभकामना मन्तव्य राखेका थिए । सभापति प्रकाश भुर्तेलले धन्यवाद ज्ञापनसहित सभाको विसर्जन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार