२१ भदौ २०८३, आईतवार

सगुन साकोसको गौरवमय २५औं वर्ष, वर्षभरी २५ सामाजिक क्रियाकलाप गरिने

२०८१ साउन २०, आईतवार
सगुन साकोसको गौरवमय २५औं वर्ष, वर्षभरी २५ सामाजिक क्रियाकलाप गरिने

हरिवन (सर्लाही) : हरिवन-११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । संस्थाले २५ औं स्थापना दिवस (रजत जयन्ति) सदस्यहरु सम्मान गर्दै मनाएको छ ।

संस्थाको अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको प्रमुख आतिथ्यता, हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यता थियो ।

कार्यक्रमा वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा , वाड नं. १ को वडाध्यक्ष तथा संस्थाको सल्लाहकार टम बहादुर तमाङ, हरिवन नगर सहकारी संजालको संयोजक राम प्रसाद घिमिरेको आतिथ्यता थियो । कार्यक्रममा संस्थाको पदाधिकारी, संचालक, सल्लाहकार, पुर्व संचालक, लेखा समित सदस्य, उपसमित, सम्मानीत हुने सदस्य, बाल बचतकर्ता, कर्मचारी लगाएत १०० जनाको उपस्थिति थियो ।

आज २५ औं वसन्तको अवसरमा रजत जयन्ति लोगो आधिकारीरुपमा प्रकाशन गरिएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता सम्मान, उत्कृष्ट नियमति बचतकर्ता सम्मान, उत्कृष्ट ब्यवसायी सम्मान, उत्कृष्ट बाल बचत सम्मान १० जना र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पुर्व लेखा समिति सदस्य जय शंकर सिंह, सल्लाहकार डोर प्रसाद भट्टराई, सल्लाहकार बिदुर कुमार प्याकुरेल, संजाल अध्यक्ष राम प्रसाद घिमिरे, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघको अध्यक्ष मन्दिरा आचार्य, वडाध्यक्ष केशवराज थापा, उपमेयर हरिमाय घलान, मेयर रमेश बुढाथोकीले सुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष तारा देबी सुबेदीलृ स्वागत, संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष विनोद कार्की र संचालन सचिव राजकुमार उप्रेतीले जानकारी गराएका थिए । प्रमुख अतिथि कुशवाहले सहकारीहरुमा सगुन नीति विधिमा चल्ने जिल्लाकै उत्कृष्ट सहकारी रहेको बताएका थिए । कार्यक्रमको अध्यक्ष ढकालले सदस्यहरुलाई अहिलेको भन्दा बढी सेवा उपलब्ध गराउने प्रण गरेका थिए । कार्यक्रममा २५ औं बसन्तको केक काटिनुका साथै दिप प्रज्वलन गरिएको थियो ।

वर्षभरी २५ सामाजिक क्रियाकलाप

संस्थाले वर्षभरी २५ सामाजिक क्रियाकलाप गर्ने घोषणा गरेको छ । हाजिरी जवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात गरेको हो । रजत जयन्ति भर २५ वटा सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम बिहीबार माध्यमिक तह (९–१२) स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सर्लाहीका १५ विद्यालयहरुको सहभागितामा रहेको थियो ।

प्रतियोगितामा विद्यार्थीहरुलाई तिनवटा राउन्डमा प्रतिस्पर्धा गराइएको थियो । संचालक, लेखा समिति सदस्यहरुको सक्रिय सहभागितामा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रमा उपाध्यक्ष तारादेवी सुवेदीले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य राखेकी थिइन् ।

शिक्षक पुष्पराज श्रेष्ठले सहजिकरण गरेको दोस्रो सत्रमा पहिलो राउन्ड जेनरल राउन्ड (सगुन सहकारी र सहकारी क्षेत्र)को बारेमा ज्ञान, दोस्रो राउन्ड विषयगत राउन्ड (भुगोल, ईतिहास, आईक्यू, सुचना प्रविधि, समसामयिम ज्ञान) र तेस्रो राउण्ड र्‍यापिड फायर राउन्ड गरी प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगितमा श्री महादेव जनता मावि हरिवनबाट सहभागि बिभु भट्टराई र दृष्टि दास तत्माको समुहले प्रथम स्थान हासिल गरे । प्रतिस्पर्धामा ज्ञानोदय सेकेन्डरी स्कुल बयलबासबाट सहभागी अरमान मिकरानी र सुस्मिता कुशवाहको समुह द्वीतिय भयो । सर्लाही एम्विसन एकेडेमीबाट सहभागि सरोज जिम्बा र स्वयता भण्डारीको समुह तृतीय भयो भने श्री जानकी मावि लालबन्दीबाट सहभागी पुरुषोत्तम कुमार कुशवाह र रिया खड्काको समुहले सान्त्वना स्थान हासिल गरेको थियो । प्रमाणपत्रसहित प्रथम हुने विद्यालयलाइ ६ हजार ६६६, दोश्रोले ५ हजार ३३३, तेश्रोले ४ हजार र सान्त्वना पुरस्कार २ हजार ६६६ रूपैया सो अवसर प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय