२१ भदौ २०८३, आईतवार

यी हुन् राष्ट्रिय सहकारी बैंकबाट सम्मान तथा पुरस्कार पाउने व्यक्ति र संस्था

२०८१ साउन २०, आईतवार
यी हुन् राष्ट्रिय सहकारी बैंकबाट सम्मान तथा पुरस्कार पाउने व्यक्ति र संस्था

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभाको अवसरमा गत पुसमा घोषणा भएको विभिन्न व्यक्ति तथा संघ÷संस्थातर्फको सम्मान तथा पुरस्कार शनिबार प्रदान गरेको छ ।

हरेक वर्ष बैंकले प्रदान गर्ने पुरस्कार तथा सम्मान यस वर्ष पनि बैंकले वितरण गरेको हो । बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तरगत बैंकका संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरि जोशी स्मृति सम्मान पुरस्कार पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की, पोखराका स्वर्गीय तुलसी प्रसाद गुरुङ, पूर्व सञ्चालकतर्फ विदुर चालिसे, राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार मेरो लगानी डटकममा कार्यरत पत्रकार सुधा देवकोटालाई प्रदान प्रदान गरेको हो ।

त्यसैगरी बैंकको शाखा कार्यालयहरू मध्यबाट टाँडी शाखा चितवन, कर्मचारीहरू मध्ये अधिकृत तहबाट रुक्मत श्रेष्ठ (सहायक अधिकृत, कावासोती शाखा प्रमुख), सहायक स्तरबाट पुष्प पाठक (केन्द्रीय कार्यालय), सहयोगी स्तरबाट माधवराज भट्टराई (पोखरा शाखा) लाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी बैंकले देशभरका सदस्य सहकारी संघहरु मध्ये राष्ट्रिय स्तरको बागमती प्रदेश सहकारी संघ लिमिटेड ललितपुर, बचत तथा ऋण सहकारी मध्येबाट समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर, सुर्खेत, राष्ट्रिय स्तरको बचत तथा ऋण बाहेक मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड झापा, राष्ट्रिय स्तर महिलाद्वारा सञ्चालित संस्था मध्ये नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्लाहीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

त्यसैगरी बैंकले प्रदेश स्तरीय पुरस्कार पाउने सदस्य सहकारी संघ/संस्था र शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संघ संस्थालाई पनि पुरस्कार वितरण गरेको छ । सम्बन्धित प्रदेशमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

 

अभिलेख

लोकप्रिय