२६ वर्षमा आईडियल सहकारी, विश्वसनीय एवं उत्कृष्ट वित्तीय सेवाको प्रतिवद्धता
राजविराज(सप्तरी) : राजविराज-४, सप्तरी स्थित आईडियल सहकारी संस्था स्थापनाको २६ वर्ष प्रवेश गरेको छ। संस्थाले आज एक कार्यक्रमको बीच २६ औं स्थापना दिवस मनाएको छ।
आगामी दिनमा संस्थालाई अझ बढी प्रभावकारी, आधुनिक प्रविधि मैत्री, विश्वसनीय एवं उत्कृष्ट वित्तीय सेवाको प्रतिवद्धता अध्यक्ष गणेश कुमार आशले व्यक्त गरेका छन् ।
सहकारी मूल्य, मान्यता र आदर्श अनुरुप संस्थाको सेवा, सुविधा अनि गुणस्तरियता एवं विश्वसनीयता पूर्ण सचेत भई सदस्य सेवामा समर्पित हुने प्रतिवद्धता संस्थाले जनाएको छ।
त्यस्तै सहकारी संस्थाले पछिल्लो समय थप चुनौतीको सामना गरेको बताउँदै संस्थाका सचिव शैलेश कुमार चौधरीले मूल्य मान्यता तथा सिद्धान्त अनुरूप कार्य गर्न सबै शेयर सदस्य, सञ्चालक र कर्मचारीको दायित्य रहेको बताए ।
संस्थाका अध्यक्ष आशको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन राजेश कुमार झाले गरेका थिए । सो अवसरमा सञ्चालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।
संस्थाको कुल वासलात १ अर्ब ३३ करोड बढी पुगेको छ । १२ करोड १२ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १० करोड ६४ लाख जगेडा कोष रहेको ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार