२१ भदौ २०८३, आईतवार

सातै प्रदेशमा मनाइयो राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

२०८१ साउन १९, शनिवार
सातै प्रदेशमा मनाइयो राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस शनिवार विविध कार्यक्रमका साथ सात वटै प्रदेशमा मनाइएको छ ।

स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसर पारेर “सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेश स्तरीय गोष्ठी सात वटै प्रदेशमा सम्पन्न गरिएको हो । गोष्ठीसँगै बैंकको २०८० मंसिर ३० गते सम्पन्न २० औं वार्षिक साधारण सभामा घोषणा भएका राष्ट्रिय, प्रदेश तथा शाखा स्तरका व्यक्ति तथा संघ/संस्थाका विभिन्न विधाका पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको विगत २२ वर्षमा हासिल गरेका महत्वपूर्ण उपलब्धि र भावी दिनमा बैंकबाट सहकारीले पाउने सेवा सुविधा समेटिएको प्रस्तुतीकरण, बैंकको गत साधारण सभामा घोषणा गरिएको उत्कृष्ट मध्यका (राष्ट्रिय /प्रदेशस्तरीय) २/३ वटा सहकारी संस्थाको परिचयात्मक प्रस्तुतीकरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । स्थापना दिवसको अवसरमा कोशी प्रदेशमा भएको कार्यक्रमको प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई रहेका थिए ।

कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, सञ्चालक महेन्द्र गिरी, सूचना प्रविधि सञ्चार तथा प्रकाशन उपसमितिका सदस्य डिल्ली प्रसाद पोखरेलको सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । मधेस प्रदेशमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री सतिश कुमार सिंह रहेका थिए ।

कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले गरेका थिए । कार्यक्रमको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री सिंहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।

बागमति प्रदेशमा आयोजित कार्यक्रमको प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका थिए । कार्यक्रमको उद्घाटनपछि बोल्दै बोल्दै मन्त्री भण्डारीले सहकारी क्षेत्रमार्फत समाज रूपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी क्षेत्र र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताए। सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए। नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए। कार्यक्रममा बैंकका सल्लाहकारहरू केशव बडाल, लीलामणि पोखरेल, कमल चौंलागाई, सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल, बैंकका पूर्व सञ्चालक सरिता भट्टराई (तिमिल्सिना) को आतिथ्यता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंक लिमिटेडको विगत २२ वर्षमा हासिल गरेको महत्वपूर्ण उपलब्धि र भावी दिनमा बैंकबाट सहकारीले पाउने सेवा सुविधा समेटिएको प्रस्तुतीकरण गरेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार भेषराज रिजाल रहका थिए ।कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सीले गरेका थिए ।

कार्यक्रममा रजिष्टार रिजालले “सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । बैंकको प्रस्तुती र समसामयिक विषयमा बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य केशव प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

लुम्बिनी प्रदेशमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रमुख अतिथि दिनेश पन्थी रहेका थिए ।

कर्णाली प्रदेशमा आयोजित कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारमन्त्री विनोदकुमार शाह रहेका थिए । कार्यक्रममा बोल्दै मन्त्री शाहले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारमन्त्री विनोदकुमार शाहले सहकारी किसानहरूका लागि एक सबल खम्बा रहेको बताए।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको सहकारी विभागका रजिष्ट्रार मोहन चन्द्र जोशी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका सञ्चालक शिवा थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गत पुसमा सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

अभिलेख

लोकप्रिय