पोखरा रोयल सहकारीले ९.९९% ब्याजदरमै १० वर्षसम्मको लागि १ करोडसम्म लगानी गर्ने

काठमाडौं : कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि १ करोड रुपैयाँसम्म लगानी गर्ने भएको हो । यो अभियान १०० दिनसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।
१ वर्षसम्म ब्याजदर बढेको अवस्थामा पनि नबढाउने गरी संस्थाले यो अभियान सुरु गरेको हो । तर, ब्याजदर घटेको अवस्थामा भने ९.९९ प्रतिशतबाट पनि घट्ने संस्थाको मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए । पछिल्लो समय संस्थामा तरलता थुप्रिएको छ । २०८१ असार मसान्तमा संस्थामा ३७.४६ प्रतिशत (७१ करोड ७३ लाख बढी) तरलता छ । तरलता व्यवस्थापन गर्नकै लागि मिशन १०० अभियान सुरु गरेको ढकालको भनाई छ ।
संस्थाले यस अघि (२०७९) सालमा बचत बृद्धि गर्ने उद्देश्यले मिशन १०० अभियान चलाएको थियो । लामो समयसम्म कोरोनाले थलिएको जनजिवन, रुस युक्रेन युद्धको विश्वव्यापी असर र आर्थिक मन्दी आदि कारणले नेपालको वित्तीय क्षेत्रले तरलता अभावको सामना खेपिरहेको थियो । सोही समयमा संस्थामा पनि तरलता कम हुँदै गएपछि मिशन १०० अभियान चलाएर तरलता व्यवस्थापन गरेको थियो ।
त्यस समयमा संस्थाले १०० दिने आवधिक बचत (मुद्धती) खाता सञ्चालन, ऋण प्रवाह केही समयलाई बन्द गरि असुलीलाई तीब्रता, १०० दिनमा १० हजार जनालाई सम्पर्क, समितिदेखि व्यवस्थापनका सबैलाई टारगेट, सयौं भेटघाट र रणनीतिक बैठकहरु, हरेक दिन दैनिक प्रगति र हरेक हप्ता साप्ताहिक प्रगतिको रिपोर्टिङ, यस अभियानमा सरिक हुने सदस्यलाई मोवाईल बैकिङ, एटिएम, एस एम एस सेवा, क्यू आर कोडको सेवा नि:शुल्क, १०० दिने योजनामा कम्तिमा १ लाखको बचत राख्नुपर्ने र १०० दिनमा १० करोड निक्षेप संकलन गर्ने महत्वकांक्षी लक्ष्यसहित काम गरेको थियो । तरलता वृद्धिको लागि एउटा सञ्जीवनी वुटी जस्तै सावित भएको अनुभव ढकाल सुनाउँछन् ।
‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पना साथ २०५९ जेठ ८ गतेबाट सदस्य सेवामा पोखरा रोयल साकोस समर्पित छ । वित्तीय सुरक्षा, सुशासनमा र समृद्धिमा संस्थाको ध्यान केन्द्रीत छ । सधै नवीन सोच र कार्यक्रममार्फत संस्था, समुदाय र अभियानलाई अभिप्रेरित गरिरहने संस्थाको रुपमा पोखरा रोयल परिचित छ ।
यस्तो छ संस्थाको वित्तीय अवस्था
२०८१ असार मसान्तसम्म संस्थामा ९ हजार ३ सय ६५ जनाको १५ करोड २ लाख ४० हजार रुपैयाँ सेयर रहेको छ । संस्थाको जगेडा कोषमा मात्रै १९ करोड ९४ लाख १३ हजार २ सय ७५ रुपैयाँ छ ।
२ अर्ब ५२ करोड १८ लाख ४५ हजार ९ सय ८२ रुपैयाँ कूल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी १९ करोड ९४ लाख १३ हजार २ सय ७४ रुपैयाँ रहेको छ । त्यस्तै विभिन्न कोषहरुमा ११ करोड २० लाख ९७ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।
१ अर्ब ९१ करोड ४९ लाख ७ सय ६९ कूल बचत रहेको संस्थाको लगानी १ अर्ब ६७ करोड ४६ लाख १२ हजार २ सय ३४ रुपैयाँ लगानी रहेको छ । संस्थासँग ७१ करोड ७३ लाख ७९ हजार ९९६ रुपैयाँ (३६.४६ प्रतिशत) रुपैयाँ तरलता रहेको छ । संस्थामा अत्याधिक तरलता थुप्रिएपछि संस्थाले कर्जा लगानीको मिशन १०० सुरु गरेको हो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार