सहकारीलाई ४ समूहमा वर्गिकरण गर्दै बागमती प्रोस्कून
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको वर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संघको बार्षिक योजना अनुसार यस आर्थिक वर्षबाट संस्थाहरुको वर्गिकरण गरिने बताए ।
सक्षम, सामान्य, सुधार गर्नुपर्ने र निष्कृय गरी संस्थाहरुलाई ४ वटा समुहमा विभाजन गरिने उनको भनाई छ । त्यसका लागि संघले वर्गिकरणको आधार र सूचकहरु तयार गरेको भन्दै उनले सबै संस्थालाई एउटै उपचार विधि काम नलाग्ने जानकारी दिए । समस्यामा परेका सहकारीलाई पुनः सञ्चालन योग्य बनाउन कर्मचारीलाई तालिम शिक्षामार्फत दक्ष बनाउने र आवश्यक परे वित्तीय सहजीकरण समेत गर्ने उनको भनाई छ । संस्थाको अवस्था अनुसार आधारभूत, मध्यम र उच्च स्तरीय तालिम दिने र सक्षम संस्थाका व्यवस्थापकहरुलाई रिसोर्स पर्सनका रुपमा प्रयोग गर्ने उनले जनाए । संघमा बागमती प्रदेशभरका ४९४ संस्था आवद्ध छन् । त्यस मध्ये २२ संस्था कोशिस कार्र्र्यक्रममा सहभागी रहेका छन् । संघले संस्थाहरुलाई सुशासित, व्यावसायिक र सुरक्षित बनाउन कोशिस कार्यक्रम सञ्चालन गरेको हो ।
चौंथो वार्षिकोत्सवको अवसरका कार्यपत्र प्रस्तुत गर्दै प्रमुख दाहालले संघले सञ्जाल व्यवस्थापन गरेर अगाडि बढ्ने नीति लिएको र सोही अनुरुपम ४ वटा जिल्ला बचत संघसँग सम्झौता समेत गरिसकेको बताए । बचत संघमार्फत सदस्य संस्थाहरुलाई तालिम तथा शिक्षा प्रदान गर्ने र संघहरुलाई सबल बनाउन कोशिस कार्यक्रममा सहभागी गराउने उनले बताए ।
संघले चालु आर्थिक वर्षमा २० वटा संस्थाको अनुगमन गर्ने र सुधारका लागि सहजीकरण समेत गर्ने जनाएको छ । संघले बागमती सरकारबाट स्वीकृत लिएर ऋण व्यवस्थापन, संगठन विकास, लेखा प्रणाली र युवाका लागि वित्तीय साक्षरता कार्यक्रमको पाठ्यक्रम विकास गरिसकेको छ । यस आर्थिक बर्षमा थप २ वटा नयाँ पाठ्यक्रम विकास गरेको समेत उनले जानकारी दिए । संघले गत आ.व.मा १८ वटा संस्थाको अनुगमन गरेको र सुशासनमा कसैसँग सम्झौता नगर्ने उनको भनाई छ ।
संघको गत असार मसान्तसम्म शेयरपुँजी ७ करोड ४८ लाख, बचत ३ अर्ब ५४ करोड, वित्तीय लगानी २ अर्ब ६३ करोड, ऋण लगानी ४० करोड, तरलता ५७ करोड ४५ लाख र कर अघिको बचत २ करोड ९२ लाख रहेको छ । संघको कुल सम्पत्ति ३ अर्ब ५४ करोड पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
