आईएमईबाट आएको पैसा अब सिधै सहकारीको खातामा
काठमाडौं : नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रबिधि मैत्री बनाईसकेको मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेड बीच सम्झौता भएको छ ।
सम्झौता सँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरुले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरुले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् । जसका लागि आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.लि. बीच शुक्रबार सम्झौता भएको छ । आईएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ । एमबैंकसँग आबद्ध सहकारीहरुले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन् । मोबाइल बाटै आफ्नै सहकारीको खातामा रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरु लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।
शुक्रबारबाट ९ औं वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिट्यान्स सेवालाई सुरुवात गरिएको हो ।
एमबैंकमार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अरु विभिन्न सेवाहरु सहजै लिन सक्नेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
