२१ भदौ २०८३, आईतवार

नवजागरण साकोस बागमती प्रदेशकै उत्कृष्ट

२०८१ साउन १३, आईतवार
नवजागरण साकोस बागमती प्रदेशकै उत्कृष्ट

काठमाडौं : रामेछाप जिल्लाको मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषणा भएको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव अवसरमा आज आयोजित कार्यक्रममा बागमती प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा नवजागरण साकोस घोषित भएको हो ।

बागमती प्रोस्कूनले आगामी साधारण सभामा नवजागरणलाई उत्कृष्ट संस्थाको रुपमा अवार्ड प्रदान गर्नेछ ।

२०८१ साउन ११ गतेसम्म संस्थामा ९ हजार ८ सय ७२ जना सदस्य आवद्ध छन् । ४ करोड ४८ लाख २४ हजार ८ सय सेयर पुँजी रहेको नवजागरणको जगेडा कोषमा ६ करोड ४७ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ छ ।

संस्थाको अन्य कोषमा ६६ लाख ७ हजार, कुल बचत ५८ करोड ५३ लाख, लगानी ३९ करोड ३५ लाख रहेको छ । त्यस्तै संस्थागत पुँजी ६ करोड ६२ लाख र कुल सम्पत्ती ७४ करोड ७४ लाख रहेको छ । ७ सय २७ जनालाई कर्जा प्रवाह गरेको नवजागरण साकोसमा कुल १४ जना कर्मचारी कार्यरत छन् । संस्थासँग ६ करोड ४५ लाख तरलता छ भने २४ करोड ६७ लाख वित्तीय लगानी गरेको छ ।

अभिलेख

लोकप्रिय