२१ भदौ २०८३, आईतवार

सहकारीलाई मोबाइल बैकिङसँग जोड्ने ‘एम बैंक’ ९ वर्षमा प्रवेश

२०८१ साउन १२, शनिवार
सहकारीलाई मोबाइल बैकिङसँग जोड्ने ‘एम बैंक’ ९ वर्षमा प्रवेश

काठमाडौं : मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ ९ वर्षमा प्रवेश गरेको छ । एम बैंकले सहकारी र बैंकलाई मोबाइल बैकिङसँग जोड्दै आएको छ ।

काठमाडौंको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर सञ्चालनमा आएको एम बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।

९औं स्थापना दिवसको अवसरमा च्यानल साझेदारहरू, ग्राहकहरू, वालेट साझेदारहरू, सेटलमेन्ट बैंक, नियामक निकायहरू, कर्मचारी लगायतलाई धन्यवाद दिएको छ ।

कम्पनीले केही समय अघि मात्रै भर्सन ६ सार्वजनिक गरेको थियो । भिडियो केवाईसी, मल्टिपल रेमिटेन्स् सेवा, कस्टमर हेल्प, इ–कमर्स साथै अरु थुप्रै सेवा नयाँ भर्जनमा समेटिएको छ ।

सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकारी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समयबाट एम बैंकले दिँदै आएको छ ।

अभिलेख

लोकप्रिय