२१ भदौ २०८३, आईतवार

आकाश डिएमएसको भर्जन-३ सार्वजनिक, सहकारीका सदस्यले अनलाइनबाटै ऋणको आवेदन दिन सक्ने

२०८१ साउन १०, बिहिबार
आकाश डिएमएसको भर्जन-३ सार्वजनिक, सहकारीका सदस्यले अनलाइनबाटै ऋणको आवेदन दिन सक्ने

काठमाडौं : सहकारीमा दैनिक रूपमा प्रयोग हुने कागजी कार्यलाई अटोमेसन गर्दै आइरहेको आकाश डिजिटलले नयाँ भर्जन सार्वजनिक गरेको छ । सहकारीमा प्रयोग हुने कागजी कार्यको प्रक्रियालाई प्रबिधिमैत्री बनाउँदै आएको आकाश डिजिटलले अब सदस्यले आफू आबद्ध सहकारीमा अनलाइनबाटै ऋणको आवेदन दिन सक्ने गरि भर्जन थ्रि सार्वजनिक गरेको हो ।

विगत सात वर्षदेखि विभिन्न खोज अनुसन्धान, देशका उत्कृष्ट साकोसहरूमा भौतिक उपस्थित भई कागजी प्रक्रिया र त्यसलाई प्रविधिमैत्री बनाउने विषयमा अध्ययन गरी कानुनविद्, सहकारी विज्ञ तथा हाल प्रयोग गरिरहेका सहकारीले दिएको सुझाव बमोजिम पछिल्लो सिस्टमको अपडेट गरिएको कम्पनीले जानकारी दिएको छ ।

अटोमेसनले डेटा प्रशोधन, बिश्लेषण, सूचना प्रक्रिया, अनुसन्धान र मुल्यांकनलाई स्वचालित बनाई आवश्यक निर्णय लिन सहजता प्रदान गर्दछ । यसले कार्यमा समय र श्रमको बचत गर्नुको साथै गल्तीहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था संचालन गर्न सहजिकरण प्रदान गर्ने कम्पनीको दाबी छ ।

सहकारी क्षेत्रमा डिजिटलाइजेसन मार्फत स्वचालित नीति, नियम र प्रक्रियाहरूसँग पङ्क्तिबद्ध रूपमा सम्पूर्ण विश्लेषणसहित तयार, समिक्षा, अनुमोदन र प्रमाणिकरणका लागि प्रयोगकर्ताहरूलाई सिमा अनुसार स्वचालित रिमाइन्डर र सूचनामार्फत् दक्षता र सहजता प्रदान गर्दछ । विशेषगरी सदस्यता कायम गर्दाको केवाइएम वा खाता खोल्दाका फारम, सदस्यलाई ऋणको कारोबार गर्दा प्रयोग गरिने कागज, सहकारी क्षेत्रमा कुनै न कुनै सेवा लिन जाँदा कागजकै फर्म भर्नुपर्ने बाध्यता अन्त गरि सहकारी क्षेत्रलाई प्रबिधिको प्रयोगबाट अटोमेशन गर्न यस सिस्टमको बिकास गरिएको कम्पनीका कार्यकारी प्रमुख टंकप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार आफु लामो समय सहकारी क्षेत्रमा मुख्य भुमिकामा रहि कार्य गरेको र त्यसै समय देखि सहकारीलाई पनि कागजी कार्यमा प्रबिधिमैत्री बनाउन बिभिन्न खोज अनुसन्धान गरि यस प्रकारको सिस्टमको परिकल्पना गरिएको अधिकारी बताउँछन् ।

सहकारीमा डिजिटाइजेशन भनेको भुक्तानीमा आधारित आर्थिक कारोबारलाई मात्र लिने गरिन्छ तर डिजिटाइजेशन भनेको अटोमेशन र पेपर लेस कार्य पनि हो । वित्तीय संस्थाभित्र भुक्तानीको मात्र कार्य हुँदैन विभिन्न आन्तरिक कार्य, सदस्यसँग सेवा प्रवाहमा थुप्रै कागजी कार्यहरु हुने गर्दछन । त्यस्ता कामलाई कागजरहित बनाउनु नै सहकारी क्षेत्रको डिजिटाइजेशन हो ।

अटोमेसन सिस्टमले ऋण लगानी कार्यमा मूल्याङ्कन, जोखिम बिश्लेषण, परियोजनाको बिस्तृत बिश्लेषण साथै ऋण स्वीकृतीलाई स्वायत्त र डिजिटलाइजेशन गर्दछ । साथै सहकारी संस्थालाई द्रुत गतिमा ऋण प्रकिया पुरा गर्न मद्दत गर्दछ । अहिले पनि सहकारी क्षेत्रमा कागजका दस्तावेजहरु सुरक्षित राख्नुपर्ने कानूनी प्रावधान छ ।

हामीले डिजिटलाइजेसन मार्फत इनपुट गरिएका डेटाको बिष्लेषण र प्रमाणिकरण पश्चात सहकारीमा प्रयोग हुने सबै प्रकारका म्यानुअल फारम, सेवा प्रवाहमा प्रयोग हुने हस्तलिखित कागज र ऋण लगानी तथा असुली कार्यमा प्रयोग हुने कागजात साथै कानुनी लिखतलाई स्वचालित बनाई समय र श्रमको बचत गर्दछ भने गल्तीहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था सञ्चालन गर्न सहजिकरण प्रदान गर्दछ।,अधिकारीले भने ।

आकाश डिएमएस पछिल्लो समय सहकारी संस्थाले कोर बैंकिङ बाहेक प्रयोग गर्न रुचाइएको सफ्टवेयर हो । कम्पनीले निर्माण गरेको अटोमसन सफ्टवेयरले सदस्य पहिचान फारम, कर्जाको आवेदनदेखि कर्जाचुक्ता नहुँदासम्मका सम्पूर्ण आन्तरिक तथा कानुनी लिखत कागजातकार्यलाई संस्थाको नीति विधि बमोजिम अटोमेशन माध्यमबाट डिजिटलाइजेसन गर्दै आइरहेको छ ।आकाश डिजिटलले सहकारी संस्थाहरुलाई सदस्य को सेवामा अझ बढि सहजता प्रदान गर्न इन्फोडेभलपर्ससँग अनुप्रयोग प्रोग्रामिङ्ग इन्टरफेसमार्फत सहकार्य समेत गरेको छ ।

पछिल्लो अपडेटमा सुरक्षा प्रणालीसहित विभिन्न सुविधाहरू थप गरेको छ कम्पनीले जनाएको छ । लगानी असुली तथा निर्णयपुस्तिकामा यस पछाडिका प्रक्रिया के हुन् भन्ने विषयमा सिस्टमले अटोमेटेड रुपमा गाइड गर्ने समेत कम्पनीले जनाएको छ।

अभिलेख

लोकप्रिय